ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ युवा तथा खेलकूद मन्त्रीको सय दिने कार्ययोजना


admin
२३ चैत्र २०७४, शुक्रबार   ५ : ०१   बजे

काठमाडौँ, २३ चैत । युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गर्नुभएको छ ।

आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले आफूले एक सय दिनमा गर्ने ३७ वटा कार्यको विवरण सार्वजनिक गर्नुभएको हो ।

ती काम आफूले एक सय दिनमा पूरा गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । लोकप्रियतालाई नभई काम गर्ने उद्देश्यले नै एक सय दिनमा गर्न सक्ने काममात्र आफूले सार्वजनिक गरेको र यसले खेल क्षेत्रमा आशा जगाउने उहाँको भनाइ थियो ।

उहाँले खेलाडी र खेलकूदको हितका लागि निजी क्षेत्रको पनि सहयोग लिँदै वैदेशिक लगानी भित्र्याउने तयारी गरिएको जानकारी गराउनुभयो ।

नेपाल क्रिकेट संघ (क्यान) र मूलपानी क्रिकेट मैदानको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पनि उहाँको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद आचार्यले एक खेल एक संघको अवधारणा ल्याउन लागिएको बताउनुभयो ।

राष्ट्रिय खेलकूद परिषद्मा अहिले १८६ संघ दर्ता छन् ।

कार्य योजनामा मन्त्रालयको संगठन पुनःसंरचना, हाई अल्टिच्यूट स्पोर्टस्को अध्ययन, खेलकूदका राष्ट्रिय संघहरुको अभिलेख राख्ने, राष्ट्रिय खेलकूद नीति २०६७ परिमार्जन गर्ने, १२ वर्षे खेलकूद गुरुयोजना तर्जुमा गर्ने, पोखरा, तुल्सीपुर र इटहरीलाई स्पोर्टस् सिटीका रुपमा विकास गर्नेलगायतका विषय रहेका छन् ।

यस्तै, खेल प्रशिक्षक नभएको जिल्लामा कम्तीमा एकजना खेल प्रशिक्षकको व्यवस्था गर्ने, दशरथ रंगशाला परिसरमा खेलकूद अस्पताल निर्माणको शुरुआत गर्ने, प्रादेशिक रंगशालाको निर्माण गर्ने, सन् २०१९ मा हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, काठमाडाँै उपत्यकाभित्र अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने, युवा संसद् अभ्यासको तयारी गरिने, १६५ निर्वाचन क्षेत्रमा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नेलगायतका योजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group