ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन


एबीसी न्यूज
५ माघ २०८२, सोमबार   ८ : ४१   बजे

काठमाडौं, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति भोलि (माघ ६) देशभर उमेदवारी मनोनयन हुँदै छ । राजनीतिक दलहरूलाई यतिबेला टिकट वितरण गर्न भ्याइनभ्याइ छ । जसमध्ये सर्वाधिक चर्चामा रहेको दल हो, राष्ट्रिय स्वतन्त्र पार्टी । रास्वपाको टिकट वितरण प्रक्रिया चलिरहेको छ । सभापति रवि लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने पक्का छ ।

त्यस्तै, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा–५ बाट टिकट लिइसकेका छन् । उनको प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग हुने निश्चित भएको छ । ओली मनोनयन दर्ताका लागि गृहजिल्ला झापा पुगिसकेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढलेको थियो । काठमाडौंका १० मध्ये आठ निर्वाचन क्षेत्रमा रास्वपाले उमेदवारको टुंगो लगाएको छ । काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ राजु पाण्डेले रास्वपाबाट टिकट पाएका छन् । काठमाडौं ४ र ५ मा भने हालसम्म उमेदवारको टुंगो लागिसकेको छैन । उज्यालो नेपालबाट कुलमान घिसिङले काठमाडौं–३ बाटै मनोनयन दर्ता गराउने तयारीमा छन् । उनले उमेदवारी दर्ता गरेको खण्डमा पाण्डे र कुलमानबीच प्रतिस्पर्धा हुनेछ । रास्वपाले काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, डीपी अर्याल ९डोलप्रसाद० काठमाडौं–९, काठमाडौं–१० प्रदीप विष्टलाई टिकट दिएको छ ।

काठमाडौं–२ मा निर्वाचित बनेकी सोविता गौतमले यसपटक चितवन–३ रोजेकी छन् । उनको प्रतिस्पर्धा चितवन भरतपुरकी मेयर रेनु दाहालसँग हुने पनि पक्कापक्कीजस्तै छ । मेयर पदबाट राजीनामा दिएर भोलि रेनुले उमेदवारी दर्ता गर्ने तयारी गरेकी छन् ।

भक्तपुर–२ मा टिकट पाएका पत्रकार राजीव खत्रीसँग एमाले नेता महेश बस्नेतको प्रतिस्पर्धा हुने छ । बस्नेतले एमालेबाट टिकट पाइसकेका छन् ।

त्यस्तै, गोरखा–१ मा सुदन गुरूङ, गोरखा–२ कवीन्द्र बुर्लाकोटीले टिकट पाएका छन् । गोरखा–२ बाट पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०का नेता बाबुराम भट्टराई चुनावी मैदानमा उत्रिदैछन् ।

चितवन–१ मा हरि ढकालले टिकट पाएका छन् । यसअघिको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । डा। तोसिमा कार्कीले ललितपुर–३ बाट चुनाव लड्ने गरी टिकट पाएका छन् ।

ओखलढुंगाबाट चुनाव लड्नका लागि विश्वराज पोखरेलले टिकट पाएका छन् । झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा रानामगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भु ढकाल ९सुस्केरा० चुनावी मैदानमा होमिँदै छन् ।

तनहुँ–१ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले, तनहुँ–२ मा श्रीराम न्यौपाने र धादिङ–२ मा बोधनारायण श्रेष्ठले टिकट पाएका छन् ।

रास्वपा प्रवक्ता मनीष झाले धनुषा–३ बाट प्रतिस्पर्धा गर्नेछन् । ताप्लेजुङबाट वीरेन्द्र श्रेष्ठ, उदयपुर–२ बाट सूर्यबहादुर तामाङ, लमजुङमा धर्मबहादुर केसी, नवलपुर–१ राजन गौतम उमेदवार बन्नेछन् । कञ्चनपुर–१ मा जनकसिंह धामी, कञ्चनपुर–२ दीपक बोहरा, कञ्चनपुर–३ ज्ञानेन्द्र महताराले टिकट पाएका छन् ।

अछाम–२ मा भुपदेव शाह, कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–३ मा लक्ष्मण थारू, कैलाली–४ मा हरि रेग्मी, कैलाली–५ मा आनन्द चन्द, बाँके–३ मा खगेन्द्र सुनार, दाङ–२ मा विपीन आचार्यले टिकट पाएका छन् ।

रुपन्देही–३ मा डा। लेखजंग थापा, कास्की–२ मा उत्तम पौडेल, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, बाजुरा हेमराज थापाले प्रतिस्पर्धा गर्नेछन् ।

नुवाकोट–१ मा डा।विक्रम तिमिल्सिना, नुवाकोट–२ मा डा. अच्युतम लामिछाने रास्वपाको उमेदवार बन्नेछन् । दाङ–३ मा कमल सुवेदी, लमजुङमा धर्म केसीले टिकट पाएका छन् ।

जुम्लामा विनिता कठायत, कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता, दोलखामा ई. जगदीश खरेल, मोरङ–१ मा अधिवक्ता यज्ञमणि न्यौपाने, मोरङ–३ मा गणेश कार्कीले टिकट पाएका छन् ।

बागलुङ–२ मा जेनजी युवा सोम शर्मा, रामेछापमा डा. कृष्णहरि बुढाथोकी, कैलाली–२ मा केपी खनाल, धादिङ–१ आशिका तामाङ, सिन्धुली–२ मा आशिष गजुरेललाई रास्वपाले टिकट दिएको छ ।

त्यस्तै, दैलेख–१ मा नन्दकिशोर बस्नेत, दैलेख–२ मा बखतबहादुर शाही, रुपन्देही–१ सुनिल लम्साल रुपन्देही–२ ई. आशिष सुवेदी, कास्की–१ गणेश पौडेल, कन्हैया बनियाँ रुपन्देही–४ ले टिकट पाएका छन् ।

सुनसरी–१ बाट शरिन तामाङ (गोमा), सुनसरी–२ बाट लालविक्रम थापा, सुनसरी–३ बाट अशोक कुमार चौधरी, गुल्मी–२ बाट गोविन्द पन्थीले टिकट पाएका छन् ।

सोमबार मात्रै रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंह सर्लाही–४, मन्त्रीबाट राजीनामा दिएका बब्लु गुप्ता सिरहा–१ बाट चुनाव लड्ने तयारीमा छन् ।

त्यस्तै, नागरिक सरकारका सञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट चुनाव लड्नका लागि राजीनामा दिइसकेका छन् । रहबर अन्सारीले पार्टी परित्याग गरेर रास्वपामा प्रवेश गरेका छन् । काभ्रे–२ मा बदन भण्डारी, नवलपुर–२ मा मनीष खनाल, रुपन्देही–५ मा तौफिक अहमद खानले टिकट पाएका छन् ।

रास्वपा सचिवालयका अनुसार, १०१ जना उमेदवारको टुंगो लागिसकेको छ । “१०१ जनाको उमेदवारको टुंगो लागिसकेको छ । त्यसबाहेक अन्यको टुंग्याउँदै टिकट वितरण गर्ने काम भइरहेको छ,” सचिवालय स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group