ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा


एबीसी न्यूज
६ माघ २०८२, मंगलबार   ६ : ३६   बजे

काठमाडौं ६ माघ । सिरहा निर्वाचन क्षेत्र नम्बर–४ यसपटक जिल्लाकै सबैभन्दा चर्चित र रोचक चुनावी मैदान बनेको छ। एउटै निर्वाचन क्षेत्रबाट पाँच जना पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गरेपछि यहाँको राजनीतिक प्रतिस्पर्धा असाधारण रूपमा चर्किएको छ।

मिर्चैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पाँच जना पूर्वमन्त्रीले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्। विभिन्न दलका अनुभवी र प्रभावशाली नेताहरू एउटै क्षेत्रमा आमनेसामने भएपछि सिरहा–४ लाई ‘हेभीवेट प्रतिस्पर्धा’को केन्द्रका रूपमा हेरिन थालिएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अजयशंकर नायक, नेकपा (एमाले)बाट धर्मनाथ साह र बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानले उम्मेदवारी दिएका छन्।

अनुभवी नेताहरूको दोहोरिएको भिडन्त

राजकिशोर यादव सिरहा–४ का पुराना र प्रभावशाली नेता मानिन्छन्। उनी तीन पटक सांसद र दुई पटक मन्त्री भइसकेका छन्। यसअघि सिरहा–२ बाट चुनाव जितेका यादव त्यसअघि यही सिरहा–४ बाट निर्वाचित भएका थिए। संगठनात्मक पकड र लामो संसदीय अनुभव उनका मुख्य बलका रूपमा लिइन्छ।

जनमत पार्टीका वीरेन्द्रप्रसाद महतो पनि यस क्षेत्रका परिचित अनुहार हुन्। उनी यसअघि यही क्षेत्रबाट जसपा नेपालबाट चुनाव जितेर सांसद हुँदै मन्त्री बनेका थिए। दुई पटक सांसद भइसकेका महतो त्यसअघि समानुपातिक सांसदसमेत रहिसकेका छन्। तर, जसपा नेपालबाट विभाजित भएर बनेको जसपामा संलग्न भएका उनी यसपालि चुनावको मुखैमा जनमत पार्टीबाट टिकट लिएर पुनः मैदानमा उत्रिएका छन्।

नेकपाका अजयशंकर नायक समानुपातिक सांसद हुँदै मन्त्री बनेका नेता हुन्। २०७४ सालमा प्रत्यक्ष चुनाव लडेका नायक त्यतिबेला जसपा नेपालका राजकिशोर यादवसँग पराजित भएका थिए। यसपालि भने उनी बदला र पुनरागमनको प्रयासमा देखिएका छन्।

एमालेका धर्मनाथ साह प्रत्यक्ष र समानुपातिक गरी दुई पटक सांसद र एक पटक मन्त्री भइसकेका अनुभवी नेता हुन्। लामो राजनीतिक यात्रासँगै स्थानीय तहमा पनि उनको प्रभाव उल्लेखनीय मानिन्छ।

बहुजनशक्ति पार्टीका विश्वेन्द्र पासवान समानुपातिक सांसद हुँदै मन्त्री बनेका नेता हुन्। दलित राजनीति र पहिचानको मुद्दालाई उठाउँदै आएका पासवानले यसपालि प्रत्यक्ष निर्वाचनमार्फत जनमत परीक्षण गर्ने रणनीति लिएका छन्।

नयाँ अनुहार पनि मैदानमा

पूर्वमन्त्रीहरूको भिडन्तसँगै यस क्षेत्रमा नयाँ अनुहारहरू पनि चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसबाट चन्द्रकला देवी यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपेश्वर यादवले उम्मेदवारी दिएका छन्। दुवैले यसअघि कुनै पनि निर्वाचन नलडेका नयाँ उम्मेदवार हुन्।

विश्लेषकहरूका अनुसार नयाँ उम्मेदवारहरूका लागि अनुभवी र चर्चित नेताबीचको प्रतिस्पर्धा चुनौतीपूर्ण भए पनि मत विभाजनको सम्भावनाले उनीहरूलाई पनि अवसर सिर्जना गर्न सक्छ।

१९ उम्मेदवार, अझै बढ्ने सम्भावना

निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार अहिलेसम्म सिरहा–४ बाट विभिन्न दल र स्वतन्त्र गरी १९ जनाको उम्मेदवारी दर्ता भइसकेको छ। उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

पाँच जना पूर्वमन्त्री, दुई नयाँ अनुहार र दर्जनभन्दा बढी उम्मेदवारको उपस्थितिले सिरहा–४ लाई यसपटक केवल जिल्लाकै होइन, मधेस प्रदेशकै चासोको निर्वाचन क्षेत्र बनाएको छ। अब यहाँको प्रतिस्पर्धा कसले आफ्नो पक्षमा मोड्छ भन्ने निर्णय मतदाताको हातमा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group