ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा


एबीसी न्यूज
२१ माघ २०८२, बुधबार   ८ : ५३   बजे

काठमाडौं, २१ माघ । चुनाव नजिकिँदै जाँदा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गम्भीर संगठनात्मक संकटमा फसेको देखिएको छ । नेतृत्व तहकै नेताहरू पार्टी छाड्दै अन्य दलतिर लागेपछि कार्यकर्ता अन्योल र निष्क्रियतामा पुगेका छन् ।

गत १८ कात्तिकमा तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीको नेतृत्वमा ‘प्रगतिशील अभियान’ घोषणा गरिएको थियो । सोही अभियान पछि जनता समाजवादी पार्टी (नयाँ शक्ति) सँग एकता गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो । ७ मंसिरमा पाँच सदस्यीय अध्यक्ष परिषद् बनाएर भव्य रूपमा पार्टी एकता भए पनि त्यो उत्साह लामो समय टिक्न सकेन ।

२१ फागुनमा हुने चुनावका लागि उम्मेदवारी दिने चरणमै पार्टीका प्रमुख दाबेदारहरूले प्रलोपा त्यागेर अन्य दलबाट उम्मेदवार बन्न थालेपछि पार्टी झनै कमजोर बनेको छ । अछाम–१ बाट प्रलोपाका उम्मेदवार दीपक साउद एमाले प्रवेश गरी त्यहीँबाट चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यसमेत रहेका साउदलाई पार्टीले टिकट दिएको भए पनि उनले कुनै आन्तरिक छलफल नगरी एमाले प्रवेश गरेको प्रलोपाका केन्द्रीय सदस्य रामबहादुर देवकरले बताए ।

यस्तै, गण्डकी प्रदेशका सह–इन्चार्ज विमल अधिकारीले पार्टीमा असहमतिपत्र बुझाएर तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा प्रचार गरिरहेका छन् । उनका अनुसार गण्डकीका तनहुँ, पर्वत, लमजुङ, मुस्ताङ र मनाङलगायत जिल्लामा पार्टी नेतृत्व निष्क्रिय बनेको छ ।

माओवादीबाट अलगिँदा देखिएको उत्साह नेताहरूको आन्तरिक द्वन्द्वकै कारण विघटनतर्फ धकेलिएको अधिकारीको दाबी छ । “वामपन्थी पार्टी बनाउने भनियो । तर, जनार्दन, बाबुराम र सुदन किराँतीको आ–आफ्नै चालले पार्टी एक ठाउँमा बस्न सकेन,” उनले भने ।

पर्वतका पार्टी अध्यक्ष रमेश पौडेल नेतृत्वकै कारण कार्यकर्ता मौन बसेको बताउँछन् । “विधि र विधान मिचेर नेताहरूले नै उम्मेदवारी फिर्ता लिएपछि तलका कार्यकर्ताले कसलाई विश्वास गर्ने ?” उनको प्रश्न छ ।

पार्टीभित्र जनार्दन शर्मा, बाबुराम भट्टराई र सुदन किराँती तीन फरक दिशामा उभिएको कार्यकर्ताहरूको गुनासो छ । शर्माले पश्चिम रुकुममा आफू केन्द्रित गठबन्धन गरे पनि अन्य उम्मेदवारप्रति चासो नदिएको आरोप छ । बाबुराम भट्टराईले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए भने सुदन किराँती हर्क साम्पाङको अभियानमा सक्रिय देखिएका छन् ।

कोशी प्रदेशमा प्रलोपाले चार उम्मेदवार उठाए पनि जित्ने सम्भावना कम देखिएपछि कांग्रेस, एमाले र नेकपालाई हराउने रणनीतिअन्तर्गत श्रम संस्कृति पार्टीलाई सहयोग गर्ने नीति लिएको छ । पार्टीका नेता–कार्यकर्ता आफ्ना उम्मेदवारभन्दा हर्क साम्पाङ समर्थित उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् ।

प्रलोपाका केन्द्रीय सदस्य हेमन्त राईका अनुसार जित्ने सम्भावना कमजोर भएकाले रणनीतिक रूपमा समर्थन गरिएको हो । यता, अध्यक्ष परिषद्का पाँचै जनाले चुनाव लड्न नसक्नु पार्टी स्थापनाकै अवसर गुम्नु भएको केन्द्रीय सदस्य बद्री चुडालको टिप्पणी छ ।

देशभर ९२ क्षेत्रमा उम्मेदवारी दर्ता गराएको प्रलोपाले पछि ६ स्थानमा उम्मेदवारी निष्क्रिय वा फिर्ता गरिसकेको छ । बाबुराम भट्टराईले गोरखा–१ र २ बाट उम्मेदवारी फिर्ता लिँदा कर्णाली, सिन्धुली, नुवाकोट, सल्यान र कालीकोटमा समेत समस्या देखिएको छ ।

विशेष गरी भट्टराईको उम्मेदवारी फिर्तापछि कार्यकर्तामा व्यापक असन्तोष देखिएको छ । “देशको नेतृत्व गर्छु भन्ने नेताले एउटा क्षेत्रको जिम्मा पनि लिन सकेन,” एक नेताले गुनासो गरे ।

यद्यपि, प्रलोपाका नेता अनिल शर्माले पार्टीभित्र गम्भीर मतभेद नरहेको दाबी गरेका छन् । “केही ठाउँमा समन्वय कमी भएको हुन सक्छ । तर, पार्टी यो चुनावबाट स्थापित हुन्छ,” उनले भने ।

वामपन्थी पार्टी बनाउने घोषणासँगै सुरु भएको प्रलोपा नेतृत्वको अस्थिरताले चुनावको मुखमै गम्भीर चुनौती सामना गरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu