ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?


एबीसी न्यूज
२४ माघ २०८२, शनिबार   ८ : ४४   बजे

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मिथ्या सूचना, भ्रामक प्रचार र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिम बढ्दै गएको भन्दै नेपालका २० वटा डिजिटल अधिकार तथा प्रेस स्वतन्त्रता सम्बद्ध संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै यी संस्थाहरूले भनेका छन्, “योजनाबद्ध रूपमा फैलाइने दुष्प्रचारले निर्वाचनको विश्वसनीयता, सामाजिक सद्भाव र सार्वजनिक विश्वासमा गम्भीर क्षति पुर्‍याउन सक्छ।”

विज्ञप्तिमा हस्ताक्षर गर्ने संस्थाहरूमा डिजिटल राइट्स नेपाल, डिग्निटी इनिसिएटिभ, सेन्टर फर मिडिया रिसर्च–नेपाल, फ्रिडम फोरम, ओपन इन्टरनेट नेपाल (इन्टरनेट सोसाइटी नेपाल च्याप्टर), मिडिया एड्भोकेसी ग्रुप, चाइल्डसेफनेट, डिजिटल मिडिया फाउन्डेसन, मिडिया एक्सन नेपाल, ह्युमन राइट्स एन्ड जस्टिस सेन्टर, बडी एन्ड डेटा, पर्पल फाउन्डेसन, नेपाल इन्टरनेट फाउन्डेसन, नेपाल मतदाता अधिकार मञ्च, द स्टोरी किचन, युथ इन्नोभेसन ल्याब, नागरिक आवाज, नेपाल शान्ति संस्था, वुमन लिडर्स इन टेक्नोलोजी र अकाउन्टबिलिटी ल्याब नेपाल छन्।

जोखिमहरू

संस्थाहरूले निर्वाचन आयोग र केही नागरिक समाज संस्थाहरू मिथ्या सूचना पहिचान तथा विश्लेषणमा सक्रिय देखिए पनि समग्र निर्वाचन पर्यवेक्षण संयन्त्र यस चुनौतीप्रति पर्याप्त रूपमा तयार नभएको ठहर गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “मतदानको मिति नजिकिँदै गर्दा मिथ्या सूचनाविरुद्ध सार्वजनिक सचेतना अभियान तत्काल सुरु गर्न आवश्यक छ। सरकार, निर्वाचन आयोग, मिडिया र नागरिक समाजबीच प्रभावकारी समन्वय हुनुपर्छ।”

संस्थाहरूले निम्न सुझावहरू अघि सारेका छन् :

  • सम्पादक र पत्रकारहरूका लागि ‘मिथ्या सूचना ड्यासबोर्ड’ जस्ता साझा संयन्त्र विकास गरी तथ्यमा आधारित खण्डन प्रणाली निर्माण गर्ने।
  • साइबर सुरक्षा अब प्राविधिक विषय मात्र नभई राष्ट्रिय सुरक्षाको गम्भीर मुद्दा भएकोले नेपाल प्रहरीको साइबर ब्युरोलाई पर्याप्त स्रोत र जनशक्ति उपलब्ध गराउने।
  • अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्महरू (विशेष गरी मेटा र टिकटक) सँग निर्वाचन आयोगले तत्काल समन्वय गरी मिथ्या तथा भ्रामक सामग्री पहिचान र नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्ने।
  • मिडिया हाउस र सम्पादकहरूले कुनै पनि दबाब वा भयका कारण ‘सेल्फ–सेन्सरसिप’ नगर्ने। यो पत्रकारिताको आधारभूत मूल्य र लोकतान्त्रिक जिम्मेवारीबाट पन्छिनु सरह हो।

संस्थाहरूको भनाइ छ—निर्वाचनको लोकतान्त्रिक प्रक्रिया सुरक्षित मतपेटिकाले मात्र सुनिश्चित हुँदैन। यसका लागि सही र तथ्यपरक सूचनामा आधारित जनमत नै मुख्य आधार हो।

“निर्वाचन आयोगले यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। नागरिक समाज र अन्य सरोकारवालाहरूले पनि यसलाई सशक्त रूपमा सघाउनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।

डिजिटल युगमा मिथ्या सूचना र सूचना हेरफेरले लोकतान्त्रिक स्थायित्व र सार्वभौम विश्वासमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबै पक्षलाई सचेत र संयमित रहन डिजिटल अधिकारकर्मीहरूले आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group