ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’


एबीसी न्यूज
७ फाल्गुन २०८२, बिहिबार   ६ : ३०   बजे

काठमाडौं । मधेशको मुटु जनकपुरधामको तिरहुतिया गाछी मैदानले पछिल्लो एक महिनामा दुई ठूला राजनीतिक घटनाका साक्षी बन्ने अवसर पाएको छ । पहिलो अवसरका रुपमा माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी को उद्घोष सभा, जहाँ वरिष्ठ नेता बालेन शाहले छोटो र स्थानीय भाषाका माध्यमको भाषणबाट मधेशी जनताको मन जित्ने प्रयास गरे । दोस्रो, फागुन ६ गते नेपाली कांग्रेसको प्रतिज्ञा सभा, जसलाई पार्टीले ‘कांग्रेस २.०’ को ट्रेलरको रूपमा प्रस्तुत गर्दै देश बदल्ने भिजन सार्वजनिक गर्‍यो । यी दुवै घटनाले नेपालको राजनीतिक परिदृश्यमा नयाँ ऊ परिवर्तनको संकेत दिएका छन् । तर, यिनीहरूबीचको तुलना गर्दा एउटा स्पष्ट फरक देखिन्छः भाषणको शैली र लम्बाइ । जबकि पुराना दलहरू लम्बेतान भाषणको परम्परामा रहिरेका बेला नयाँ पुस्ताका नेताहरू जस्तै बालेनले यसमा ‘ब्रेक’ लगाउने प्रयास गरिरहेका छन् ।

कांग्रेसको रणनीति र रास्वपाको चुनौती

नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आफ्नो पहिलो चुनावी सभालाई मधेशको राजधानी जनकपुरमा आयोजना गर्नु संयोग मात्र होइन, सोचविचारपूर्ण रणनीति हो । पार्टी सभापति गगन थापा, जो तीनपटक काठमाडौंबाट चुनाव जितिसकेका छन्, यसपटक सर्लाही–४ मा उम्मेदवारी दिएर मधेशको भूमिमा झरेका छन् । सभामा उनले भने, “कांग्रेस बदलिएर आएको छ । अब देश बदल्छ ।” यो उद्घोषले कांग्रेसलाई ‘कांग्रेस २.०’ को रूपमा ब्रान्डिङ गर्ने प्रयास गरेको देखिन्छ । पार्टीको चुनावी प्रतिज्ञापत्र, जसलाई ‘भिजन–१०’ नाम दिइएको छ । यो गगनको नेतृत्वमा सरकार बनेमा पाँच वर्षमा देश बदल्ने खाका हो । यसमा संघीयता मजबुत पार्ने, वैदेशिक रोजगारीका समस्या समाधान गर्ने र मधेशी मुद्दाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धताहरू छन् ।

कांग्रेसको यो कदमलाई मधेशमा आफ्नो कमजोर आधारलाई मजबुत पार्ने प्रयासको रूपमा हेर्न सकिन्छ । इतिहासमा मधेश कांग्रेसको शक्तिको स्रोत थियो । प्रजातान्त्रिक आन्दोलनका योद्धाहरू कामेश्वर सिंह र कुशेश्वर सिंह जस्ता मधेशी नेताहरूले पार्टीको जग बसालेका थिए । गगन थापाले पटक पटक यि नेताहरुको नाम लिए । तर, २०६२–६३ को आन्दोलनपछि मधेशमा कांग्रेसको प्रभाव घट्दै गयो । महन्थ ठाकुर जस्ता नेताहरूले छुट्टै पार्टी गठन गरेपछि कांग्रेस पुरानो लयमा फर्किन सकेन । मधेश प्रदेशमा ३६ लाखभन्दा बढी मतदाता छन् र ३२ निर्वाचन क्षेत्र छन् । कांग्रेसको ‘अबकी बार १०० पार’ नारालाई साकार पार्न मधेश निर्णायक हुन्छ । सभापति थापाले भने– “म मधेशको बेटा हुन आएको हो । मेरो रगतमा कामेश्वर–कुशेश्वरको सपना छ ।” यसले मधेशी मनोविज्ञानलाई सम्बोधन गर्ने प्रयास गरेको छ, उनले नेपाली सेनामा मधेशी प्रतिनिधित्व कम भएको र काठमाडौंमा मधेशीहरूमाथि हुने व्यवहारको मुद्दा उठाउँदै सम्वोधन गर्ने प्रयास गरे ।

तर, यो सभा सुदूर पश्चिमको धनगढीमा त्यही बेला भइरहेको रास्वपाको छायाबाट अलग राख्न सकिँदैन । ठ्याक्कै एक महिनाअघि यही मैदानमा रास्वपाले सभा गरेको थियो, जहाँ बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिएको थियो । रास्वपाले मधेशबाट निर्वाचित हुने व्यक्तिले देशको नेतृत्व गर्ने सन्देश दिएको थियो । कांग्रेसले पनि त्यही बाटो पछ्याएर गगन थापालाई अगाडि सारेको छ । यो प्रतिस्पर्धा नयाँ राजनीतिक शक्तिहरूसँग पुरानो दलहरूको टक्करको रूपमा देखिन्छ । रास्वपाले मधेशमा आफूलाई स्थापित गर्ने प्रयास गरेकोमा कांग्रेसले चुनौती दिइरहेको छ ।

बालेनको ‘छोटो शैली

राजनीतिक सभाहरूमा भाषणको लम्बाइ नेपाली राजनीतिको पुरानो रोग हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल जस्ता नेताहरूले घण्टौंसम्म बोल्ने परम्परा कायम राखेका छन् । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाहेक अन्य नेताहरू भन्दा पृथक थिए । त्यो उनको मौलिक शैली थियो । जनकपुरको कांग्रेस सभामा पनि यही परम्परा दोहोरियो । सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले लामो समय लिएर भिजन प्रस्तुत गरे । शर्माले भने, “हामी नयाँ पुस्ताका भावना सम्बोधन गर्न तयार छौं । निर्वाचन सकिएपछि संविधान संशोधन गर्न तयार छौं ।” यसले कार्यकर्ताहरूलाई उत्साहित त बनायो, तर दिनभरि नै समय खर्चिनुपर्ने बाध्यता पनि देखियो ।

यसको विपरीत, बालेन शाहले भाषणको परम्परामा ‘ब्रेक’ लगाएका छन् । जनकपुरको रास्वपा सभामा उनले मात्र १० मिनेट बोले । मैथिली भाषामा ‘मधेसी छौरा’ भनेर सम्बोधन गर्दै मधेशी जनतासँग जोडिने प्रयास गरे । धनगढीको सभामा त उनले मात्र ३ मिनेट बोलेः “सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो ।” यसले सभापति रवि लामिछानेलाई पनि छोटो भाषण गर्न बाध्य बनायो । लामिछानेले भने, “म खुद्रा–खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु ।” यो शैलीले कार्यकर्ताहरूलाई दिनभरि नै सभामा बाँधिराख्नुपर्ने आवश्यकता रहने ।

फ्रान्सेली दार्शनिक ब्लेज पास्कलको भाषणका बारेको एक चर्चित भनाई छ । “मैले यो पत्र लामो लेखेको छु, किनभने मसँग यसलाई छोटो बनाउने समय थिएन ।” छोटो भाषणका लागि बढी तयारी र मेहनत चाहिन्छ । बालेनको यो शैलीले नयाँ पुस्ताका मतदातालाई आकर्षित गर्न सक्ने र गगनको शैलीले कन्भिन्स गर्न सक्ने बारे भने परीक्षण हुन बाँकी छ ।

राजनीतिक परिवर्तनको संकेत

यी घटनाहरूले नेपालको राजनीतिमा दुई प्रमुख परिवर्तनको संकेत गर्छन् । पहिलो, मधेशलाई राजनीतिक आधार बनाउने होडबाजी नयाँ तरिकाले शुरु भएको छ । कांग्रेस र रास्वपाले मधेशबाट अभियान सुरु गरेर यस प्रदेशको महत्वलाई स्वीकार गरेका छन् । मधेशमा ३२ निर्वाचन क्षेत्र र ठूलो मतदाता आधारले कुनै पनि दललाई बहुमतका लागि निर्णायक बनाउँछ । कांग्रेसले ‘भिजन–१०’ मार्फत संघीयता मजबुत पार्ने र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता गरेको छ, जसले मधेशी मुद्दाहरू जस्तै सेनामा प्रतिनिधित्व र काठमाडौंको व्यवहारलाई सम्बोधन गर्छ । तर, यसलाई कार्यान्वयन गर्न कांग्रेसले आफ्नो पुरानो छविबाट मुक्त हुनुपर्छ । विगतमा संघीयता लागू गर्दा सरकारको नेतृत्व गरे पनि मधेशका समस्या समाधान नगरेको आरोप छ ।

दोस्रो, भाषण शैलीमा परिवर्तन । बालेनको छोटो भाषणले पुराना दलहरूलाई चुनौती दिएको छ । नयाँ पुस्ता, जसलाई ‘जेनजी’ भनिन्छ, उनीहरु भदौ २३ र २४ को घटनाबाट प्रभावित छन् । कांग्रेसले सभामा यसलाई सम्बोधन गर्दै भने, “भदौ २३ जसरी अब युवा मारिन्नन्, नकावधारीले सिंहदरबार जलाउन पाउन्न ।” तर, लामो भाषणले यो सन्देशलाई कमजोर बनाउन सक्छ । रास्वपाको छोटो शैलीले मतदातालाई अन्योल बनाउन पनि सक्छ । व्याख्या विनाको नारा सधैंभर प्रभावकारी नहुन सक्छ ।

तर, चुनौतीहरू पनि छन् । कांग्रेसको ‘२.०’ संस्करणलाई कार्यकर्ताले कत्तिको स्वीकार गर्छन् ? विशेष महाधिवेशनबाट चिरा परेको मनोविज्ञानलाई जोड्न विमलेन्द्र निधि जस्ता नेताहरू सभामा उपस्थित भएर एकताको सन्देश दिएको त छ । रास्वपाका लागि पनि बालेनको लोकप्रियता कत्तिको चुनावी जितमा परिणत हुन्छ ? मधेशमा भाषण मात्र होइन, मुद्दाहरू जस्तै संघीयता र रोजगारीको समाधान चाहिन्छ ।

जनकपुरको मैदानबाट सुरु भएको यो राजनीतिक यात्राले फागुन २१ को निर्वाचनलाई रोचक बनाएको छ । कांग्रेसको रुख झांगिन्छ कि उस्तै रहन्छ ? रास्वपाको छोटो भाषणले लामो प्रभाव पार्छ कि ? हेर्न बाँकी नै छ । तर, यो स्पष्ट छ कि नेपाली राजनीतिमा नयाँ ऊर्जा र शैलीको आवश्यकता छ, जसले मतदातालाई विश्वासमा लिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group