ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”


एबीसी न्यूज
७ फाल्गुन २०८२, बिहिबार   ९ : ४८   बजे

पश्चिम नवलपरासी, । एबीसी टेलिभिजनको ‘इलेक्सन एक्सप्रेस’ कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार द्वार भिमबहादुर थापा क्षेत्री (भरत थापा)सँग गरिएको कुराकानीमा उनले आफ्नो उम्मेदवारीलाई “पार्टीभित्रको सुधार र युवा ऊर्जा” को प्रतिनिधित्व भएको बताएका छन्।

चुनावी माहोल तातिँदै गएको पश्चिम नवलपरासीमा घरदैलो अभियानमा सक्रिय देखिएका थापाले जनताबाट उत्साहजनक साथ पाइरहेको दाबी गरे। “पब्लिकको माया र भरोसाले नै उम्मेदवारी दिएको हुँ, अहिले उत्साहित छु,” उनले भने।

‘ट्रिकी’ उम्मेदवारी कि प्रक्रियागत निर्णय?

उम्मेदवारी दर्ताका क्रममा कांग्रेसभित्र देखिएको प्रतिस्पर्धाबारे प्रश्न गर्दा थापाले यसलाई स्वाभाविक प्रक्रिया बताएका छन्। उनका अनुसार पूर्व उम्मेदवार तथा नेता देवेन्द्रराज खण्डेल आफ्ना अभिभावक र मार्गदर्शक नै हुन्।

“उहाँकै नेतृत्वमा नेविसंघदेखि राजनीति सुरु गरेको हुँ। टिकट पाएपछि दर्ता गर्नु मेरो जिम्मेवारी थियो,” उनले स्पष्ट पारे। खण्डेलको साथ र सहयोग निरन्तर रहने उनको भनाइ छ।

‘रिफर्म कांग्रेस’ र जेनजीको सन्देश

थापाले आफ्नो उम्मेदवारीलाई कांग्रेसभित्र देखिएको पुस्तान्तरण र सुधारको परिणामको रूपमा व्याख्या गरे। उनले पार्टी सभापति गगन थापा र विश्व प्रकास शर्माले पार्टीभित्र नयाँ ऊर्जा भित्र्याएको दाबी गरे।

“देशभर १०० भन्दा बढी मेरो उमेर समूहका उम्मेदवार मैदानमा हुनु परिवर्तनको संकेत हो,” उनले भने, “यो केवल कांग्रेसको मात्र होइन, देशकै लागि ऊर्जा हो।”

उनले स्पष्ट रूपमा भने, “गगन थापालाई प्रधानमन्त्री बनाउन मैले जित्न जरुरी छ। उहाँसँग देश चलाउने स्पष्ट खाका छ।”

पूर्वाधारभन्दा अघि नीति

पश्चिम नवलपरासी–२ का मुख्य समस्याबारे बोल्दै थापाले पूर्वाधारभन्दा अघि नीतिगत सुधार आवश्यक रहेको बताए।

“बाटो र ठूला प्रोजेक्टभन्दा पनि नीति बलियो हुनुपर्छ। नीति बनेपछि मात्रै दीर्घकालीन विकास सम्भव हुन्छ,” उनले भने।

कृषि, रोजगारी र शिक्षा प्राथमिकतामा

थापाले क्षेत्रको प्रमुख समस्या कृषिमा रहेको बताए। मल अभाव, बजारको अनिश्चितता र उत्पादनको मूल्य नपाउने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

“कृषकलाई उत्पादन गर, बजारको ग्यारेन्टी छ भनेर राज्यले कानुनी आधार दिनुपर्छ,” उनले जोड दिए। कृषिमा सुधार आए रोजगारी सिर्जना स्वतः हुने उनको तर्क छ।

त्यसैगरी, विद्यालय शिक्षा ऐन लामो समयदेखि रोकिएकोप्रति उनले असन्तुष्टि जनाए। सामुदायिक विद्यालयको अवस्था सुधार्न नीतिगत पहल आवश्यक रहेको उनले बताए। आफू सुनवल नगरपालिकाको प्रमुख हुँदा शिक्षामा सुधारका प्रयास गरेको उल्लेख गर्दै उनले त्यसलाई उदाहरणका रूपमा प्रस्तुत गरे।

‘उत्सव होइन, जिम्मेवारी’

युवा उम्मेदवारको रूपमा चुनाव लड्दा उत्सव मनाउनेभन्दा जिम्मेवारी थपिएको अनुभूति भएको उनले बताए। “टिकट जसरी पाएको छु, त्यसले अझै जिम्मेवार बनाएको छ,” उनले भने।

पश्चिम नवलपरासी–२ मा कांग्रेसको ‘रिफर्म’ अभियान र युवा नेतृत्वको बहसबीच भरत थापाको उम्मेदवारीले कस्तो परिणाम ल्याउँछ भन्ने चासो बढ्दो छ। चुनावी सरगर्मी चुलिँदै जाँदा मतदाताको अन्तिम निर्णयले नै उनको दाबीलाई प्रमाणित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group