ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’


एबीसी न्यूज
१२ फाल्गुन २०८२, मंगलबार   ३ : ४०   बजे

काठमाडौं। ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको एकता र समन्वयबारे प्रश्न उठेको छ । पार्टी सभापति रवि लामिछाने झापा क्षेत्र नम्बर ५ (दमक) मा चुनावी सभामा पुग्दा सोही क्षेत्रका उम्मेदवार तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने अनुपस्थित रहे । बालेन हिजैदेखि सुनसरीको इटहरी पुगिसकेका थिए ।

रास्वपाले झापा–५ मा ‘वरिष्ठ नेताको क्षेत्रमा सभापतिको सम्बोधन’ भनेर विशेष कार्यक्रम आयोजना गरेको थियो । तर, बालेन दमकको सभामा देखिएनन् । यो घटनाले पार्टीभित्र आन्तरिक असन्तुलन वा समन्वय अभावको चर्चा चुलिएको छ ।

रवि लामिछाने मंगलबार बिहान चन्द्रगढी विमानस्थलमा उत्रिएपछि बिर्तामोड, दमक लगायतका क्षेत्रमा जनसम्पर्क तथा चुनावी सभामा व्यस्त रहे । विमानस्थलबाटै उनको कार्यतालिका सार्वजनिक थियो, जसमा दमकको कार्यक्रममा वरिष्ठ नेता बालेनसँगै सम्बोधन गर्ने उल्लेख थियो । तर, बालेन हिजै इटहरी पुगिसकेका थिए र दमक आएनन् ।

झापा–५ क्षेत्रीय समितिलाई बालेनको इटहरी जाने जानकारी थिएन । बिहानसम्म दुवै नेताले दमकमा सम्बोधन गर्ने बताइँदै आएको थियो । क्षेत्रीय नेताहरूका अनुसार, बालेनको चुनावी कार्यक्रम पार्टी केन्द्र वा क्षेत्रीय समितिसँग पूर्व छलफल नहुने गरेको छ ।

रास्वपा झापा–५ का एक नेताले भने, “वरिष्ठ सभापतिको चुनावी कार्यक्रम उहाँको सचिवालयले बनाउँछ । हामीलाई थाहा हुँदैन ।” क्षेत्रीय सभापति भेषराज भट्टराईले पनि स्वीकार गरे, “कार्यतालिका आएपछि सोही अनुसार पार्टी परिचालन हुने गरेको छ ।”

यसबाहेक, झापा–५ मा राखिएका चुनावी पोस्टर तथा प्रचार सामग्रीमा पार्टी सभापति रवि लामिछानेको फोटो प्रयोग भएको छैन । प्रचार सामग्रीमा उम्मेदवार बालेनको मात्र फोटो राखिएको छ । स्थानीय नेताहरूका अनुसार, उम्मेदवारको सचिवालयले उपलब्ध गराएको सामग्री प्रयोग हुने गरेको छ । पार्टी केन्द्रबाट छापिएका प्रचार सामग्रीमा सभापतिको फोटो नहुँदा पनि यो अवस्था आएको हो ।

एक स्थानीय नेताले व्यंग्यात्मक टिप्पणी गरे, “दुई खोलाको पानी मिल्दा त १० किलोमिटर पानी छुट्टिन्छ, पार्टी हो मिलेको भर्खरै हो ।”

यद्यपि, रास्वपाको कोसी प्रदेशस्तरीय चुनावी सभामा भने रवि लामिछाने दमकका कार्यक्रम सकेर इटहरी पुग्ने र बालेनसँगै सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीका प्रभावशाली दुई नेताबीचको यो घटनाले निर्वाचन अभियानको अन्तिम चरणमा आन्तरिक समन्वय कति प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ । झापा–५ मा बालेनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको प्रतिस्पर्धा कडा छ, जसमा पार्टी नेतृत्वको एकताबद्ध उपस्थिति महत्वपूर्ण मानिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, रास्वपामा रवि र बालेनबीचको सम्बन्ध बाहिरबाट मजबुत देखिए पनि यस्ता घटनाले आन्तरिक असन्तुलनको संकेत दिन सक्छ । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा पार्टी एकताको परीक्षा यसैबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu