ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी किताब विक्री नगर्ने पुस्तक पसलको नविकरण नै रद्ध


admin
२४ चैत्र २०७४, शनिबार   ४ : १७   बजे

काभ्रेपलाञ्चोक, २४ चैत। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रेले सरकारी पुस्तक वितरण नगर्ने पुस्तक पसलको नवीकरण रद्द गर्ने भएको छ ।

काभ्रेका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र गुरुङ, अभिभावक र महासंघका पदाधिकारीबीच भएको लामो छलफलपछि महासंघले उक्त निर्णय गरेको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै काभ्रेका वितरकलाई पाठ्यपुस्तक बिक्री गर्नुपर्ने जनाएको छ । सरकारी पाठ्यपुस्तक वितरण गरेबापत नाफा कम हुने हुनाले वितरकले जनकशिक्षा सामग्री केन्द्रसँग पुस्तक खरिद नगरेकाले काभ्रेमा पुस्तकको अभाव भएको भन्दै महासंघले नवीकरणमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

सरकारी पाठ्यपुस्तक वितरक हुन सम्बन्धित जिल्ला शिक्षा कार्यालयको सिफारिस चाहिन्छ भने शिक्षकलाई कमिसन दिनुपर्दैन । कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रले पाएको छ भने कक्षा १ देखि ५ सम्म देशभरका १७ प्रेस तथा प्रकाशन समूहले जिम्मेवारी प्राप्त गरेका छन् ।

सरकारी पुस्तक खरिद गरेबापत काभ्रेका पुस्तक वितरकले ९ प्रतिशत कमिसन पाउँछन् । ढुवानीखर्च वितरक स्वयम्ले व्यहोर्नुपर्छ । जनक शिक्षा सामग्री केन्द्रले उधारोमा पुस्तक बिक्री गर्दैन् ।

सिद्धिगणेश पुस्तक पसलका सञ्चालक साजन दुलालका अनुसार– जनक शिक्षा सामग्री केन्द्रले एकैपटकमा मागअनुसारका पुस्तक उपलब्ध नगराएको, झन्झटिलो प्रक्रियामा व्यवसायीलाई अड्काएको र मागअनुसारका पाठ्यपुस्तक एकैपटकमा बिक्री नगरेको हँुदा पाठ्यपुस्तक अभाव भएको बताउनुहुन्छ ।

जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेश तिमल्सिनाले एउटै जिल्लामा एकैपटक भनेजति पाठ्यपुस्तक पठाउन कठिन भए पनि पटक÷पटक गरी वैशाखको ७ गतेसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु-याइसक्ने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

न्यूमञ्जिल स्टेशनरी पनौतीका सञ्चालक महेश बस्नेतका अनुसार–सरकारी विद्यालयका शिक्षकले वितरकसँग कमिसन खोज्ने, मागअनुसार पुस्तक पूरा नहुञ्जेलसम्म भुक्तानी नदिने भएकाले सरकारी पुस्तक वितरणमा कमी गरेको बताउनुभयो ।

काभ्रेका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र गुरुङले वितरकसँग विद्यालयले कमिसन खोज्दै हिँडेको भेटिएमा कारबाही गर्ने उल्लेख गर्दै विद्यालयको खातामा पाठ्यपुस्तक खरिदका लागि पर्याप्त रकम जम्मा भइसकेकाले बिक्रेतासँग पुस्तक खरिद गरी समयमानै विद्यार्थीको हातहातमा पुस्तक पु-याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group