ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार


एबीसी न्यूज
१६ फाल्गुन २०८२, शनिबार   ६ : ४४   बजे

काठमाडौं, १६ फागुन । इजरायल र अमेरिकाको भीषण आक्रमणपछि इरानले प्रत्याक्रमण शुरु गरेको छ। इरानी क्षेप्यास्त्रहरूले इजरायलमा पनि विध्वंस गरेका छन्।

इजरायलमा सबैतिर लगभग साइरन सुनिएको छ। सरकारले मानिसहरूलाई उच्च सतर्कतामा रहन र बंकर लुक्न भनेको छ।

यसैबीच इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाएको छ। कतार, युएई, बहराइन, साउदी अरेबिया र कुवेतमा इरानी क्षेप्यास्त्र आक्रमण गरेको छ।

इरानी क्षेप्यास्त्रहरूले इजरायलको हाइफा बन्दरगाहमा प्रहार गरेका छन्, जसले बन्दरगाहमा ठूलो क्षति पुर्‍याएको छ। इजरायली रक्षाबलले हालै विज्ञप्ति जारी गर्दै भनेको छ, केही समयअघि प्रतिरक्षात्मक बलले इरानबाट इजरायली क्षेत्रतर्फ प्रहार गरिएको क्षेप्यास्त्रहरूलाई नष्ट गरेको थियो।

इजरायलमा मानिसहरूलाई होम फ्रन्ट कमाण्डको निर्देशन पालना गर्न आदेश दिइएको छ। यो वेला इजरायली वायुसेनाले खतरालाई नियन्त्रण गर्न र खतरा टार्न आवश्यक ठाउँमा आक्रमण गर्ने काम गरिरहेको छ‚ उनले भने।

युएई र कुवेतमा आक्रमण

युएईको अबुधाबी शहरमा इरानी क्षेप्यास्त्र आक्रमणमा एकजनाको मृत्यु भएको छ। युएईले धेरै इरानी क्षेप्यास्त्रहरूलाई निष्क्रिय बनाएको दावी गरेको छ।

युएई सरकारले यो आक्रमणले युएईको राष्ट्रिय सार्वभौमिकता र अन्तराष्ट्रिय कानूनको उल्लङ्घन गरेको बताएको छ। युएईले यो इरानी आक्रमणको जवाफ दिने अधिकार सुरक्षित राखेको बताएको छ।

बहराइनमा आक्रमण

बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएको छ, जहाँ अमेरिकी नौसेनाको पाँचौं फ्लीटको मुख्यालय छ। बहराइनको गृहमन्त्रालयले चेतावनी जारी गर्दै आपतकालीन साइरन बजाइएको बताइएको छ। यसले मानिसहरूलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा सर्न पनि आग्रह गरेको छ।

कतारमा क्षेप्यास्त्र आक्रमण

कतार मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा रहेको छ। इरानले यस अड्डालाई लक्षित गरी धेरै क्षेप्यास्त्र प्रहार गरेको छ। कतारले धेरैजसो इरानी क्षेप्यास्त्रहरूलाई नष्ट गरेको बताएको छ। यद्यपि, सामाजिक सञ्जालमा जमिनमा ठूलो मात्रामा विनाश भएको देखाउने धेरै भिडियो देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group