ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रारम्भिक मतपरिणाम आउँदै, रास्वपाको उत्साहजनक लहर


एबीसी न्यूज
२२ फाल्गुन २०८२, शुक्रबार   ७ : २५   बजे

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक मतपरिणाम आउन थालेका छन्। प्रारम्भिक नतिजाले केही निर्वाचन क्षेत्रमा नयाँ राजनीतिक प्रवृत्तिको संकेत गरेको छ।

निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयहरूबाट प्राप्त विवरणअनुसार शुक्रबार बिहान करिब साढे ७ बजेसम्म देशभरका ३८ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। तीमध्ये ३३ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।

प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवारहरू ३ स्थानमा अगाडि छन् भने नेकपा एमालेका उम्मेदवारहरूले २ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन्। विशेषगरी काठमाडौं उपत्यकाका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरूले सुरुवाती बढत लिएको देखिएको छ, जसलाई राजनीतिक विश्लेषकहरूले नयाँ मतदाताको झुकावसँग जोडेर हेर्न थालेका छन्।

यसैबीच झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहले उल्लेखनीय मतान्तरले पछाडि पारेका छन्। प्रारम्भिक गणनाअनुसार शाहले १,४७६ मत प्राप्त गर्दा ओलीले ३८४ मत मात्र पाएका छन्।

यद्यपि धेरै निर्वाचन क्षेत्रमा अझै मतपेटिका संकलन, सर्वदलीय बैठक तथा अन्य प्राविधिक प्रक्रिया सम्पन्न भएपछि मात्र मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले बताएका छन्।

मतगणना निरन्तर जारी रहेकाले प्रारम्भिक नतिजामा आगामी घण्टाहरूमा परिवर्तन आउन सक्ने सम्भावना रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गरिबको घरमा मात्रै होइन, सबै अतिक्रमणमा चलोस् डोजर : सांसद मनीष झा

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu