ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मुलुकको आर्थिक समृद्धिका लागि सुशासन अपरिहार्य’


admin
२४ चैत्र २०७४, शनिबार   ७ : १२   बजे

काठमाडौँ, २४ चैत । मुलुकको आर्थिक समृद्धिका लागि प्रभावकारी सुशासन अपरिहार्य भएको सरोकार भएका विज्ञहरुले औँल्याएका छन् ।

बौद्धिक वृत्त मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधानको कार्यान्वयनपछि देशको आर्थिक समृद्धि’ विषयक अन्तरक्रियाका वक्ताले समृद्धि प्राप्तिका लागि दीर्घकालीन गुरुयोजना बनाई त्यसको सफल कार्यान्वयनका लागि उपयुक्त आर्थिक प्रणालीको अवलम्बन गरिनुपर्नेमा जोड दिए ।

साथै, उनीहरुले विकास र समृद्धिबारे नेतृत्वले भाषणभन्दा पनि योजनाबद्ध कार्ययोजना, जनशक्ति विकास तथा स्रोत व्यवस्थापन गरी युद्धस्तरमा कार्यसम्पादन गरिनुपर्ने सुझाए ।

कार्यक्रममा पूर्व मुख्यसचिव डा विमल कोइरालाले मुलुकमा उपलब्ध स्रोत र साधनको उचित व्यवस्थापन र परिचालनबिना भाषण र नाराले मात्र समृद्धि हासिल नहुने तर्क गर्नुभयो ।

शासन व्यवस्थामा सुधार नआएसम्म आर्थिक समृद्धि सम्भव नरहेको भन्दै उहाँले सीमित सम्भावना भएको मुलुक नेपालको चलाखीपूर्ण ढंगले अधिक आर्थिकीकरण गरेर समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“समृद्धि रटानले मात्र हुँदैन, समृद्धि कसका लागि केका निम्ति महत्वपूर्ण हो सुशासन प्रभावकारी र जनताप्रति उत्तरदायी नभइकन ठूला आकांक्षाले मात्र समृद्धि हुँदैन त्यसका लागि विकास र समृद्धिका योजनाबद्ध कार्यक्रम र प्रतिबद्धता व्यवहारमा उतार्न जरुरी छ”, पूर्व मुख्यसचिव कोइरालाले भन्नुभयो ।

इन्जिनियर गोविन्द शर्मा पोखरेलले कृषि, ऊर्जा, पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रका ठूला आयोजना निर्माणका लागि दीर्घकालीन योजनाका साथ कामलाई अघि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले विदेशी लगानी बढाएर मात्र नेपाली आयोजनाबाट लाभ लिन नसकिने भन्दै कुनै परियोजनामा लगानी गर्नु पहिला पर्याप्त गृहकार्य गरेरमात्र ठूला आयोजनामा विदेशी लगानी भित्र्याइनुपर्छ भन्नुभयो ।

मानवाधिकारकर्मी सुबोधराज प्याकुरेलले आर्थिक समृद्धिका लागि धनी र गरिबबीचको खाडल अन्त्य गरी सुशासनलाई समयसापेक्ष सुदृढ तुल्याइनु पर्ने खाँचो औँल्याउनुभयो ।

विकासविद् तेजबहादुर ढकालले ‘जनताको समृद्धि’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै समृद्धिको साझा परिभाषा, सूचक र परिसूचक निक्र्योल गरी दीर्घकालीन गुरुयोजनाका साथ त्यसको सफल कार्यान्वयनको आधार तयार गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group