ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो प्रदर्शनकारीले बञ्चरो, गुलेली र पेट्रोल बमले आक्रमण गरे


एबीसी न्यूज
११ चैत्र २०८२, बुधबार   ६ : ०३   बजे

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको ८९८ पृष्ठ लामो प्रतिवेदन बाहिरिएको छ । प्रतिवेदनमा संसद् भवनको सुरक्षा जिम्मेवारी पाएको केन्द्रीय विशेष कार्यदल (एसटीएफ) का कमाण्डर प्रहरी निरीक्षक समुन्नत अधिकारीको बयान पनि समेटिएको छ ।

प्रहरी निरीक्षक समुन्नत अधिकारीको बयान (पूर्ण विवरण)

“म २०८१ चैतदेखि ९६ जना प्रहरी कर्मचारीसहित एसटीएफ टोलीको कमाण्डरका रूपमा संसद् भवनको सुरक्षा जिम्मेवारीमा छु । हामीलाई लिखित म्यान्डेट थिएन, तर भवनभित्रको सुरक्षा, सांसद्, कर्मचारी, पत्रकार र आगन्तुकहरूको प्रत्यक्ष सुरक्षा मुख्य जिम्मेवारी थियो ।

टोलीसँग ५.५६ मि.मि. इन्सास राइफल, एलएसडब्लु, ९ मि.मि. एसएमजी, टाइप ५४ पेस्तोल, पेट्रो बेरेटा र ग्याँस गन लगायत सामग्री थिए ।

भदौ २३ गते के भयो ? प्रदर्शन माइतीघर मण्डलासम्म सीमित रहने अपेक्षा थियो । दिउँसो करिब १२:३५ बजेदेखि संसद् भवन वरिपरि हजारौं भीड हिंसात्मक बन्दै गयो । प्रदर्शनकारीहरूले रेलिङ–पर्खाल चढ्ने, तोडफोड गर्ने, ढुंगा प्रहार गर्ने, रड–गुलेली–बञ्चरोले आक्रमण गर्न थाले । मेरो निवास कोठामा पेट्रोल बम प्रहार भयो ।

हाई पोस्टमा खटिएका प्रहरीलाई हतियार खोस्न खोजेपछि पोस्ट खाली गरियो । स्थिति बिग्रिएपछि अपरेसनल कमाण्डबाट बल प्रयोगको आदेश लिएर ९५ सेल अश्रुग्यास र हवाई फायर गरियो (इन्सासबाट १७६ राउण्ड, एसएमजीबाट २६ राउण्ड) ।

एसटीएफ टोलीबाट कुनै प्रत्यक्ष गोली प्रहार भएको छैन । प्रदर्शनकारीहरूको टाउको, घाँटी वा छातीमा गोली लागेको घटनाबारे मलाई जानकारी छैन । त्यो अन्य प्रहरी वा सशस्त्र प्रहरी टोलीबाट भएको हुन सक्छ ।

त्यस दिन मेरो दाहिने आँखामा ढुंगाको प्रहारबाट चोट लाग्यो, चश्मा फुट्यो र १२ जना प्रहरी घाइते भए ।

भदौ २४ गते बिहानैदेखि थप आक्रमणको सूचना थियो । उपत्यकाभरि एकैसाथ आक्रमण भएकाले थप मद्दत आउन सकेन । हाई पोस्टहरू भत्काइएका थिए ।

दिउँसो १३:४५ तिर प्रहरीबाट लुटिएका हतियार बोकेको भीड संसद् भवनभित्र पस्यो र ४०,००० लिटर डिजेल ट्याङ्क, व्यारेक, मेस, कोत, क्यान्टिन, सीसीटीभी कक्ष, वाक-थ्रु गेट आदि जलाइयो ।

जोखिमपूर्ण अवस्थामा हामीले हतियार, गोली र सञ्चार सामग्री बोकेर नयाँ बानेश्वर वृत्तको टोलीसँग मर्ज भएर सुरक्षित स्थानतर्फ लाग्यौं । बाहिरिनुअघि डिजेल ट्याङ्कमा आगजनी रोक्न २ सेल अश्रुग्यास, १ रबर कार्टिज र इन्सासबाट ३ राउण्ड हवाई फायर गरियो ।

संसद् भवनभित्र भएको भीषण आगजनी र तोडफोडबाट हाम्रा व्यारेक, मेस, क्यान्टिन, सीसीटीभी, कार्यालय, सवारी, व्यक्तिगत लत्ताकपडा, कागजात, हतियारका म्यागजिन, गोली, ग्याँस सेल, बुलेटप्रुफ सामग्री सबै नष्ट भए ।

नेपाली सेना पहिलो दिन कर्फ्यूपछि खटिएको थियो । दोस्रो दिन रातिदेखि नै भित्र रहेको सेना प्रदर्शनकारी घुस्दा कुनै प्रतिक्रिया नदिई दिउँसो साढे २ बजेतिर हतियारसहित बाहिरिएको थियो । सशस्त्र प्रहरीले पनि उल्लेखनीय भूमिका खेल्न सकेन ।

सुझाव एसटीएफलाई अझ प्रभावकारी बनाउन विशेष तालिम, विशेष भत्ता, प्राविधिक उपकरण, रियल-टाइम इन्टेलिजेन्स सेल र प्रत्येक प्रदेशमा स्याटेलाइट बेस आवश्यक छ ।

सम्पूर्ण व्यक्तिगत सामान नष्ट हुँदा टोलीको मनोबल निकै घटेको छ । राज्यबाट उचित क्षतिपूर्ति र मनोबल पुनर्स्थापनाको अपेक्षा छ ।”

नख्खु कारागारका जेलर सत्यराम जोशीको बयान

जेलर सत्यराम जोशीले आयोगमा बयान दिँदै भनेका छन् : “भदौ २३ गते बेलुका करिब ७ बजेतिर बाहिर ठूलो भीड आई आगजनी र ढुंगामुढा गर्न थालेपछि भित्र पनि कैदी र थुनुवाहरू नाराबाजी गर्न लागे । रवि लामिछाने बाहिर जान हुने हामी किन जान नहुने भन्दै आक्रोशित हुन लागे ।

जिल्ला प्रहरी कार्यालयमा पनि ठूलो समूहले आगजनी र तोडफोड गरिरहेको हुँदा थप सुरक्षाकर्मी आउन सकेन । काठमाडौंको डिल्लीबजारसहितका जेलबाट कैदी थुनुवा भागेको सूचना फैलियो । रवि लामिछाने जेल तोडेर भागेपछि अन्य जेलका कैदी थुनुवाहरू पनि भाग्न थाले ।

६६७ जना कैदी-थुनुवा भागेका छन् । जसमध्ये ४०९ जना पुनः आइसकेका छन् । त्यस दिन कारागारमा ४५ लाख जति क्षति भएको छ ।

रवि लामिछाने हुलहुज्जत गर्दै जेल तोडेर भागेका हुन् । उनकै कारण यहाँका अधिकांश कैदी फरार भएका हुन् । उनले जेलर र कर्मचारीलाई धम्की दिएर बनाइएको एउटा पत्र लिएर निस्केका हुन् ।”

आयोगको मुख्य निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘चुप लागेर’ बस्यो

आयोगले नेपाली सेनाको भूमिका प्रभावकारी नभएको ठहर गरेको छ । प्रतिवेदनमा उल्लेख छ :

  • सुरक्षा संयन्त्रबीच समन्वयको अभाव र निर्णय प्रक्रियामा ढिलाइका कारण ठूलो क्षति भयो ।
  • संविधानअनुसार राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयपछि मात्र सेना परिचालन हुन सक्ने भए पनि घटनाको गाम्भीर्यअनुसार समयमै निर्णय भएन ।
  • भदौ २३ गते माइतीघरबाट सुरु भएको आन्दोलन बानेश्वर पुग्दा उग्र बन्दै संसद् परिसरमा आक्रमणसम्म पुग्यो । प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र हवाई फायर गरे पनि भीड नियन्त्रणमा आएन ।
  • भदौ २४ गते सिंहदरबार, शीतल निवासजस्ता संवेदनशील क्षेत्र जलिरहँदा सेनाको भूमिका लगभग निष्क्रिय देखियो ।
  • राष्ट्रिय सुरक्षा नीति २०७३ अनुसार महत्वपूर्ण स्थानको सुरक्षा सेनाको जिम्मेवारी हो, तर घटनामा प्रभावकारी कार्यान्वयन भएन ।
  • भदौ २३ को साँझ बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले संकटकाल घोषणा नगरेको ठूलो कमजोरी हो । समयमै आपत्काल घोषणा गरी सेना परिचालन गर्न नसक्दा २४ गते थप क्षति भयो ।
  • कर्फ्यू कार्यान्वयनमा पनि कमजोरी देखियो । सेनाको सुझावअनुसार निरन्तर कर्फ्यू लगाउनुपर्नेमा बीचमा हटाइँदा प्रदर्शनकारी पुनः संगठित भए ।

आयोगको अन्तिम निष्कर्ष : “समयमै समन्वय र निर्णय हुन नसक्दा तथा सेनाबाट अपेक्षित सहयोग नपुग्दा देशले ठूलो धनजनको क्षति बेहोर्नुपरेको छ ।”

सम्पादकीय टिप्पणी : यो जाँचबुझ आयोगको प्रतिवेदनका मुख्य बयान र निष्कर्षहरूको पूर्ण संकलन हो । प्रतिवेदन अझै औपचारिक रूपमा सार्वजनिक भएको छैन । जनआस्था साप्ताहिकले प्राप्त गरेको प्रतिवेदनको आधारमा यी विवरण सार्वजनिक भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group