ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान


एबीसी न्यूज
१५ चैत्र २०८२, आइतबार   ११ : २७   बजे

काठमाडौं, १५ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उहाँको परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको छ। सरकारी स्रोतका अनुसार देउवा परिवारको सम्पत्ति विवरण संकलन गर्दै अनुसन्धानलाई तीव्र बनाइएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीका आधारमा देउवा परिवारले सत्ताको आडमा अस्वाभाविक तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमाथि छानबिन भइरहेको जनाइएको छ। सोही क्रममा देउवा परिवारका सदस्यहरूका नाममा रहेका सम्पत्ति तथा आर्थिक कारोबारको विवरण संकलन भइरहेको स्रोतले जनाएको छ।

प्रमाण नष्ट हुन सक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने काममा प्रहरीले रोक लगाएको छ। अनुसन्धानमा असर पर्न सक्ने भन्दै उच्चस्तरीय निर्देशनपछि उक्त कार्य रोकिएको बताइएको छ।

स्रोतका अनुसार पछिल्लो समय देउवा परिवारसँग सम्बन्धित विभिन्न व्यक्तिहरूबीच भएका आर्थिक कारोबार तथा जग्गा खरिदबिक्रीका विवरणहरू पनि संकलन भइरहेका छन्। यस सम्बन्धमा केही नातेदार तथा निकट व्यक्तिहरूको कारोबारसमेत अनुसन्धानको दायरामा परेको जनाइएको छ।

यसअघि विभिन्न प्रकरणहरूमा देउवा परिवारको नाम जोडिएको भन्दै उजुरी परेपछि सम्बन्धित निकायले प्रमाण संकलन र विश्लेषणको काम अगाडि बढाएको हो। प्रहरीले यसबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group