ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२२ वर्षीया युवतीको मृत्यु प्रकरण: घटना अनुसन्धान गर्न टोली गठन


एबीसी न्यूज
२० चैत्र २०८२, शुक्रबार   ७ : ५२   बजे

काठमाडौं, २० चैत्र । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटना छानबिन गर्न प्रहरीले अनुसन्धान टोली गठन गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको हो।

अनुसन्धानलाई वस्तुनिष्ठ र निष्पक्ष बनाउन टोलीले सघाउ पु¥याउने प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए।

उनका अनुसार सो टोलीले प्रमाण र तथ्य सङ्कलन गरेर १० दिनभित्र प्रतिवेदन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीलाई बुझाउने छ।

“एउटा अनुसन्धान अधिकृतले मात्रै नभ्याउने अवस्था हुन सक्छ, त्यसैले समूह नै काम गर्दा परिणाममुखी अनुसन्धान हुन सक्छ,” प्रहरी नायब उपरीक्षक पातलीले भने। सो अनुसन्धान टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षकलगायत छन्।

प्रहरीले शनिबार राति नेपालगन्ज नर्सिङ होम पछाडि जलेको अवस्थामा बुढामगरलाई सडकमा फेला पारेको थियो । जलेर गम्भीर घाइते उनलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

सिर्जना लामो समयदेखि मोहम्मद आरिफ ढपालीसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ढपालीसहित उनकी आमा र दिदीलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ । ढपालीलाई भारतको बहराइच र अन्यलाई नेपालगन्जबाट पक्राउ गरिएको हो।

यस घटनामा पीडित पक्षले दिएको किटानी जाहेरीमा उल्लेख भएका पाँचमध्ये अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group