ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगार विभागद्वारा टोकन प्रणाली खारेज : एकदिनमै श्रम स्वीकृति दिन थालियो


एबीसी न्यूज
२० चैत्र २०८२, शुक्रबार   ३ : ५२   बजे

काठमाडौं, २१ चैत्र । वैदेशिक रोजगार विभागले टोकन प्रणाली खारेज गरेको छ । विभागकाअनुसार टोकन प्रणाली खारेज गरेर एक दिनमै श्रम स्वीकृति दिन थालिएको छ ।विभागका महानिर्देशक मीरा आचार्यले नयाँ सरकार गठनपछि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्राप्त निर्देशन तथा नेपाली श्रमिकको हकहित संरक्षणका लागि विभागले त्यसैअनुसार काम थालेको बताउनुभयो ।

विभागले गएको चैत १५ गते सूचनामार्फत वैदेशिक रोजगार ऐन २०६४ को दफा १० बमोजिम इजाजतपत्रविना वैदेशिक रोजगारसम्बन्धी कुनै पनि काम गरेमा कारबाही हुने चेतावनी दिएको थियो ।आचार्यकाअनुसार इजाजत प्राप्त म्यानपावर कम्पनीले अन्तर्वार्ताका क्रममा भराउने फारम अङ्ग्रेजी भाषामा मात्र भएकोले श्रमिकले बुझ्दै नबुझी हस्ताक्षर गर्नुपरेको गुनासो सम्बोधन गर्न विभागले नेपाली भाषा वा नेपाली र अङ्ग्रेजी दुवै भाषामा फारम भर्ने व्यवस्था गर्न अनुरोध गरेको छ । त्यस्तो व्यवस्था नगरे कानूनअनुसार कारबाही हुनेछ ।

यस्तै अभिमुखीकरण तालिमको शुल्क ७०० रुपैयाँ मात्र तोकिएको छ । त्योभन्दा धेरै शुल्क लिएको सूचना आएमा तालिम प्रदायक संस्थाको अनुमति स्वतः रद्द हुनेछ ।महानिर्देशक आचार्यकाअनुसार आजदेखि विभागले हरेक तीन दिनमा दर्ता भएका मुद्दाको विवरण (प्रतिवादीको नाम, ठेगाना र बिगो रकमसहित) आफ्नो वेबसाइटमा सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

भोटेकोसी बाढीको भयावह क्षति : मृत्यु हुनेको संख्या १६२ पुग्यो, ४१ घाइते (अपडेट)

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu