ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४८ घण्टा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव इरानले स्वीकार गरेन


एबीसी न्यूज
२१ चैत्र २०८२, शनिबार   ८ : ३७   बजे

काठमाडौं, २१ चैत्र । इरानले अमेरिकाको ४८ घण्टा युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेको तेहरानको अर्ध सरकारी फार्स समाचार एजेन्सीले दाबी गरेको छ । एजेन्सीका अनुसार, यो प्रस्ताव बुधबार तेस्रो देशमार्फत् तेहरानलाई पठाइएको थियो, तर इरानले यसलाई अस्वीकार गरेको हो ।

इरानले प्रस्तावको प्रतिक्रिया लिखित रूपमा नभई आक्रमणहरूको निरन्तरतामार्फत दिएको समाचारमा जनाइएको छ ।
कुवेतको बुबियान टापुमा रहेको अमेरिकी सैन्य बल डिपोलाई लक्षित इरानी आक्रमण भएपछि वाशिंगटनले युद्धविराम सुनिश्चित गर्न आफ्नो कूटनीतिक प्रयासहरू तीव्र पारेको समाचारमा उल्लेख छ । तर, यसबारे अमेरिकाबाट कुनै टिप्पणी नआएको रोयटर्सले जनाएको छ ।

शुक्रबार, इरानले दुई अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको थियो । एउटा एफ(१५ ई लडाकु विमान थियो र अर्को ए-१० । एफ-१५ ई लडाकु विमानमा इरानभित्र आक्रमण गरिएको थियो। एक चालक दलका सदस्यलाई उद्धार गरिएको थियो, जबकि अर्को अझै बेपत्ता छन्।

इरानी मिडियाका अनुसार, अमेरिकी ए–१० विमान फारसी खाडीमा दुर्घटनाग्रस्त भएको थियो। यद्यपि, अमेरिकी अधिकारीहरूले विमान दुर्घटनाग्रस्त भएको वा गोली हानेको कुरा स्पष्ट नभएको बताए। लगभग पाँच हप्ता लामो युद्धमा अमेरिकी विमान खसालिएको यो पहिलो पटक हो ।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले यी घटनाहरूले इरानसँगको वार्तालाई असर नगर्ने बताएका छन् । एनबीसीसँगको फोन अन्तर्वार्तामा ट्रम्पले भने, होइन, पटक्कै होइन । यो युद्ध हो, हामी युद्धमा छौं, उनले भने । हालको विकासक्रमका बाबजुद कूटनीतिक प्रयास जारी रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group