ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली–लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय


एबीसी न्यूज
२६ चैत्र २०८२, बिहिबार   १० : ३८   बजे


काठमाडौँ, २६ चैत्र । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको छ।

सर्वोच्च अदालतको आदेश अनुसार दुबैलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार यसका लागि सरकारी वकिलको कार्यालय काठमाडौंको सहमति समेत प्राप्त भएको छ।

‘हामी अब उहाँहरूको सबै भन्दा नजिकको मानिसको जिम्मामा छाड्छौं,’ उनले भने।

प्रहरीले दुबै जनामाथि भदौ २३ गतेको घटनासँग सम्बन्धित ज्यान सम्बन्धि कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

उनीहरूलाई पछिल्लो पटक ५ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद गएराति सकिएसँगै आज उनीहरूलाई छाड्ने निर्णय भएको हो।

चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो।

ओली र लेखकले सर्वोच्च अदालतमा आफूहरूलाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्चले खारेज गरेको थियो।

तर परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न भनेको हो।

‘उनीहरूको हकमा चैत २१ गतेदेखि लागुहुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात, तेस्रो पटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई ।।। प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको थियो।

उक्त आदेश अनुसार अनुसन्धान सकिएको भए सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न समेत भनिएको थियो। तर अनुसन्धान नसकिएकाले अहिलेलाई उनीहरूलाई हाजिर जमानीमा राखिएको हो।

प्रहरीले चैत १४ गते बिहान भक्तपुरबाट ओली र लेखकलाई पक्राउ गरेको थियो। उनीहरूविरूद्ध भदौ २३ गते भएको घटनासँग सम्बन्धित छानबिन गर्न भनेको जाँचबुझ आयोगले अनुसन्धान गर्न सिफारिस गरेको थियो।

चैत १३ गतेको प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै दुबै जनालाई हिरासतमा राखेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो।

अनुसन्धानको क्रममा सुरूमा प्रहरीले चैत १५ गते पाँच दिनका लागि म्याद थपेको थियो। चैत १९ गते जिल्ला अदालतबाटै थप दुई दिनको म्याद थपेको थियो।

चैत २२ गते फेरि उनीहरूलाई अदालतमा म्याद थपका लागि प्रस्तुत गरिएको थियो। त्यसबेला अनुसन्धानका लागि थप पाँच दिनको म्याद दिएको हो। यो म्याद चैत २१ गतेदेखि लागु हुनेछ। सो म्याद चैत २५ गते सकिएको हो।

सर्वोच्चले किन भनेको थियो फेरि म्याद नथप्नू ?

सर्वोच्च अदालतले ओली र लेखकले दिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै न्यायिक हिरासतमा राखेको विषयलाई गैरकानुनी हिरासतमा राखेको भन्न नमिल्ने व्यख्या गरेको थियो।

अदालतले फाइल र मिसिलका आधारमा ओली र लेखकलाई म्याद नथप्ने चार कारण दिएको थियो।

सर्वोच्चले काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई भतिजाको जिम्मा जमानीमा छाडेको तथ्यलाई पहिलो आधार मानेको छ।

दोस्रो, दुबै जना मातापीताको निधनपश्चात आशौचमा रहेको कुरालाई आधार मानेको छ। ओलीका बुबा र लेखककी आमाको निधन भएकाले दुबै जना शोकमा छन्।

तेस्रो, पूर्वप्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भई विशेष मेडिकल टिमको प्रत्यक्ष निगरानीमा उपचाररत रहेको भन्ने अस्पतालको पत्रबाट देखिएकाले उनको अनुसन्धानको प्रक्रिया छिटो टुंग्याउन अदालतले भनेको हो।

चौथो, दुबै जनाको सरकारी वकिलले बयान लिइसकेको कुरालाई आधार मानेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group