ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही


एबीसी न्यूज
२७ चैत्र २०८२, शुक्रबार   ४ : ५७   बजे

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति असन्तुष्ट देखिनुभएको छ । उपसभामुख पदमा सहयोग गर्ने आश्वासन दिएर अन्तिम समयमा समर्थन फिर्ता लिएको आरोप उहाँले लगाउनुभएको छ ।

उपसभामुख पदका लागि उम्मेदवारी दिने निर्णय रास्वपाकै प्रस्तावपछि गरिएको भए पनि पछि सो पार्टीले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि शाही असन्तुष्ट बन्नुभएको हो ।

उहाँले उपसभामुख पद आफूहरूको प्राथमिकतामा नरहेको उल्लेख गर्दै संसद्को ठूलो दलबाट प्रस्ताव आएपछि पुराना र नयाँ राजनीतिक शक्तिबीच सम्भावित ध्रुवीकरणलाई ध्यानमा राखेर उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताउनुभयो ।

शाहीले भन्नुभयो, ‘एक थान उपसभामुख पद हाम्रो प्राथमिकता थिएन । तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि, पुराना राजनीतिक दल र परिवर्तन खोज्ने शक्तिहरूबीच ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं ।’

उहाँका अनुसार एकातर्फ पुराना राजनीतिक दलहरूले आफूहरूलाई बाइपास गर्दै छलफल अघि बढाइरहेका थिए भने अर्कोतर्फ रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको अवस्था बनेको थियो ।

तर, अन्तिम समयमा रास्वपा पुराना दलहरूसँग एकै कित्तामा उभिएको आरोप उहाँले लगाउनुभयो ।

शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भन्नुभयो, ‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । हिजो पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्ड फरक भए पनि उनीहरूबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।’

उहाँले यस घटनाले राष्ट्रवादी शक्ति र विदेशी प्रभावमा चल्ने शक्तिबीचको विभाजनसमेत स्पष्ट भएको टिप्पणी गर्नुभयो । साथै, रास्वपाले सहयोग गर्ने वचन दिएर अन्तिम समयमा धोका दिएको आरोप पनि उहाँले दोहोर्‍याउनुभयो ।

यस घटनापछि संसद्‌भित्र नयाँ र पुराना राजनीतिक शक्तिहरूबीचको सम्बन्ध तथा आगामी समीकरणबारे थप बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group