ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज


एबीसी न्यूज
४ बैशाख २०८३, शुक्रबार   ५ : ४३   बजे

काठमाडौं, ४ वैशाख । सर्वोच्च अदालतको आदेशसँगै नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री दीपक खड्का त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत चैत १५ गते काठमाडौंबाट पक्राउ परेका उनलाई सर्वोच्च अदालतले बिहीबार थुनामुक्त गर्न आदेश दिएको थियो। पक्राउ परेको भोलिपल्ट अर्थात् चैत १६ गतेदेखि बिरामी भन्दै त्रिवि शिक्षण अस्पतालमा बसेका उनी शुक्रबार डिस्चार्ज भएका हुन्।सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काको पक्षमा आदेश दिएपछि उनी हिरासत मुक्त भइसकेका छन् ।

अब उनी अस्पतालबाट पनि घरतिर लागेका हुन् ।यसअघि खड्काको तर्फबाट श्रीमती बिनिता थापाले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो।उनी चैत १६ गते त्रिवि शिक्षण अस्पतालको १०२९ बेड नम्बरमा भर्ना भएका थिए । वालेन्द्र शाह नेतृत्वको सरकारले संखुवासभाका खड्कालाई सम्पत्ति शुद्धीकरण कसूर पक्राउ गरी हिरासतमा राखेको थियो ।सर्वोच्चले यही बुधबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको थियो । उक्त मुद्दामा बधुबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिँह थापाको इजलासमा सुनुवाइ भएको थियो ।

सर्वोच्चले उक्त मुद्दाको बिहीबारको लागि तोकेर थुनामुक्त गर्न आदेश दिएको थियो । नेता खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।सम्पत्ति शुद्धीकरण विभागले जेन(जी आन्दोलनको क्रममा खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा अनुसन्धान गरिरहेको छ ।बुधबार मात्रै सर्वोच्चले राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल बुझाउन आदेश दिएको थियो।विभागले पक्राउ गरे उनलाई अनुसन्धान प्रतिवेदनसहित आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाएको थियो। आन्तरिक राजस्व अनुसन्धान विभागले त्यो फाइल सम्पत्ति शुद्धीकरण विभागमा पठाइदिएको थियो ।सर्वोच्चले पूर्वनजिरलाई टेकेर खड्कालाई लगाइएको अभियोगमा मिलापत्र हुनसक्ने पनि भनेको थियो।खड्काको रिटमा सर्वोच्च्ले बुधबार ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार मध्याह्न १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group