ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने


एबीसी न्यूज
९ बैशाख २०८३, बुधबार   ८ : २२   बजे

काठमाडौं, ९ वैशाख । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ ।
गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यसरी सूचनालाई अवज्ञा गर्ने कम्पनीहरूलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको कामपाको कार्यवाहक मेयर सुनिता डङ्गोलले बताइन् ।

यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कुरा गर्दै महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न पनि उनले निर्देशन दिएकी छन् ।

“बसपार्कको समस्यासँगै ठमेललगायत रात्रिकालीन व्यवसाय सञ्चालन हुने ठाउँका परिवारले ध्वनि प्रदूषणले असर गरेको, स्पालगायत व्यवसायमा हुने अवाञ्छित क्रियाकलापबाट पारिवारिक वातावरण बिग्रिएको, छात्राबास सञ्चालकहरूबाट बसोबासमा समस्या आएको जस्ता गुनासा आउने गरेका छन् । यसको नियमनका लागि नेपाल प्रहरी र महानगर प्रहरी बलका आ–आफ्नै क्षेत्राधिकार छन् । एकै पटक अनुगमन जाने र आ-आफ्ना क्षेत्राधिकारका काम गर्न थालेपछि व्यवस्थापनमा महसुस योग्य नतिजा आउनेछ,’ डंगोलले भनिन् ।

सो विषयमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले, सहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानुपर्ने बताए । त्यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले, सडक सङ्केत र सडक अनुशासन पालना गराउन कामपाका र ट्राफिक प्रहरीका बीचमा समन्वयात्मक कार्यक्रममा जोड दिए ।

प्रहरीका अनुसार काठमाडौंबाट दैनिक औसतमा ७०० वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । बसपार्कबाट औसतमा दैनिक ३४० वटा गाडी आउने जाने गर्छन् ।

पोखरा, नुवाकोट, बुटबल, स्याङ्जा, दाङलगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group