ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)


एबीसी न्यूज
२१ बैशाख २०८३, सोमबार   ८ : ४३   बजे

काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको छ । सोमबार बसेको बैठकले लिपुलेक मार्गका सम्बन्धमा भारत र चीनबिच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भूमि भएको पुनः स्पष्ट पारेको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बैठकले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई विशेष अपिल गरेको छ । कांग्रेसले राष्ट्रियताको विषयमा दलगत स्वार्थभन्दा माथि उठेर साझा धारणा बनाउनुपर्नेमा जोड दिएको छ ।
बैठकले सुकुम्वासी व्यवस्थापनका नाममा सरकारले चालेको कदमको कडा भर्त्सना गरेको छ । खोला किनाराका बस्तीहरू बलपूर्वक हटाउने र नागरिकलाई आश्रयविहीन बनाउने कार्यले स्तब्ध बनाएको उल्लेख गर्दै कांग्रेसले विस्थापितहरूको अवस्था बुझ्न विशेष अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ । साथै, होल्डिङ सेन्टरमा रहेकाहरूलाई राहत पुर्‍याउन पार्टी पंक्तिलाई निर्देशन दिँदै कांग्रेसले शक्ति र दमनको शासन नभई कानुनको शासन पालना गर्न सरकारसँग माग गरेको छ ।यसैगरी संवैधानिक र कानुनी मुद्दामा कांग्रेसले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई संविधान विरोधी र बदनियतपूर्ण ठहर गर्दै कांग्रेसले तत्काल फिर्ता लिन माग गरेको छ।
यसैगरी, बैठकले संसदीय मामिला सहजीकरण संयन्त्रको संयोजकमा केन्द्रीय सदस्य राजेन्द्रकुमार के।सी।लाई तोकेको छ भने मर्यादा निर्धारण समितिमा नानु वास्तोला र रामपल्टन साहलाई मनोनयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : २३ घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, दुई जना भेन्टिलेटरमा

भोटेकोसी बाढी : २३ घाइते काठमाडौं ल्याइए, दुई जनाको अवस्था गम्भीर

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu