ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय सुनुवाइमा डा. शर्माको परीक्षण आजदेखि, उजुरी खोलिँदै


एबीसी न्यूज
५ जेष्ठ २०८३, मंगलबार   ९ : ००   बजे

काठमाडौं ५ जेष्ठ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज औपचारिक रूपमा सुरु हुँदैछ। संवैधानिक परिषद्ले गएको वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको हो।

सुनुवाइ समितिले सिफारिस प्राप्त भएपछि १० दिनको समय दिएर सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो। उक्त अवधिमा शर्माविरुद्ध विभिन्न व्यक्तिहरूबाट १६ वटा उजुरी दर्ता भएका छन्। ती उजुरीहरूलाई आजको बैठकमा खोलिने र सांसदहरूलाई औपचारिक रूपमा वितरण गरिने संसदीय सुनुवाइ समितिले जनाएको छ।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार न्यायपालिकाभित्र देखिएको अन्योल र नेतृत्व रिक्तताको अवस्थालाई ध्यानमा राख्दै सुनुवाइ प्रक्रिया छिटो अघि बढाइएको हो। उनका अनुसार आज बिहान ८ बजे बोलाइएको बैठकमा पहिले उजुरी खोल्ने कार्य हुनेछ, त्यसपछि ती उजुरीहरूको विषयवस्तु सांसदहरूलाई अध्ययनका लागि उपलब्ध गराइनेछ।

त्यसपछि चरणबद्ध रूपमा उजुरीकर्ताहरूसँग छलफल गरिनेछ। उजुरीकर्ताले उठाएका विषय, आरोप–प्रत्यारोप तथा सिफारिससँग सम्बन्धित योग्यता–अयोग्यताबारे विस्तृत प्रश्नोत्तर हुनेछ।

संसदीय सुनुवाइ समितिले सबै प्रक्रिया पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछ। यदि समितिले शर्माको नाम अनुमोदन गरेमा उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस पठाइनेछ। त्यसपछि मात्र औपचारिक नियुक्ति प्रक्रिया पूरा हुनेछ।

यस सुनुवाइलाई न्यायपालिकाको नेतृत्वमा महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ, जसले आगामी दिनमा अदालतको नेतृत्व र न्यायिक प्रक्रियाको दिशालाई समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group