ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते


एबीसी न्यूज
५ जेष्ठ २०८३, मंगलबार   ९ : ३३   बजे

काठमाडौँ, ५ जेठ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवाद चर्किँदा स्थानीयबीच झडप भएको छ ।

प्रहरी चौकी निर्माण र सीमा निर्धारणलाई लिएर तनाव बढेपछि अवस्था झडपमा परिणत भएको हो ।मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका बासिन्दाले सीमा विवाद उठाउँदै विरोध जनाएपछि बाजुराका स्थानीयसँग उनीहरूको भिडन्त भएको हो । लामो समयदेखि रहेको सीमा विवाद पछिल्लोपटक उग्र बन्दै गएको देखिएको छ ।झडपका क्रममा प्रहरीसहित पाँचजना घाइते भएका छन् ।

घाइते हुनेमा हिमाली गाउँपालिका–३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, बिच्छिया प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा रहेका छन् । उनीहरूलाई ढाड, घाँटी, छाती र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यसैबीच, हिमाली गाउँपालिका अध्यक्षसहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान अन्तर्गत शैपाल हिमालको बेस क्याम्पतर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली घटनास्थल पुगेका बेला तनाव थप चर्किएको थियो । टोलीले ड्रोनमार्फत दृश्य खिच्न खोज्दा थाली गाउँका स्थानीय आक्रोशित बनेपछि विवाद अझ बढेको बताइएको छ ।घटनापछि सञ्चार सम्पर्क अवरुद्ध हुँदा मेयर हमाल नेतृत्वको टोलीको अवस्था पनि स्पष्ट हुन सकेको छैन । उता, सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । तर, थालीका स्थानीयले उक्त क्षेत्र आफूहरूको परम्परागत भोगचलनमा रहेको भन्दै चौकी निर्माणको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group