ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेशपछि पदमुक्त गरिएकैलाई फेरि निमित्त जिम्मेवारी, कानुनी प्रक्रियामाथि प्रश्न


एबीसी न्यूज
१० जेष्ठ २०८३, आइतबार   २ : ४०   बजे

काठमाडौं, १० जेठ।सरकारले अध्यादेशमार्फत पदमुक्त गरेका विश्वविद्यालयका पदाधिकारीलाई नै पुनः निमित्त जिम्मेवारी दिएपछि उच्च शिक्षामा कानुनी, विधि र प्रक्रियामाथि गम्भीर प्रश्न उठेका छन्।

सरकारले केही समयअघि विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, रेक्टर र डिनलगायत पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेको थियो। तर कामकाज ठप्प हुन थालेपछि अर्को व्यवस्था नभएसम्मका लागि भन्दै तिनै पदाधिकारीलाई पुनः निमित्त जिम्मेवारी दिइएको छ।

यस निर्णयले प्राज्ञिक क्षेत्रबाट तीव्र आलोचना भएको छ। प्राध्यापक तथा विज्ञहरूले सरकारले हचुवामा निर्णय गर्दै कानुनी प्रक्रिया कमजोर बनाएको आरोप लगाएका छन्। उनीहरूका अनुसार पदमुक्त गरेपछि पुनः उही व्यक्तिलाई जिम्मेवारी दिनु विरोधाभासपूर्ण र असंगत अभ्यास हो।

प्रधानमन्त्री तथा कुलपति नेतृत्वको निर्णयअनुसार शिक्षा मन्त्रालयले विभिन्न विश्वविद्यालयमा पुनः नियुक्ति पत्र दिएको हो। काठमाडौं, त्रिभुवन, पूर्वाञ्चल, नेपाल संस्कृत विश्वविद्यालयलगायत संस्थामा पदमुक्त भएका पदाधिकारीलाई नै निमित्त जिम्मेवारी दिइएको छ।

कतिपय विश्वविद्यालयमा भने डिन तथा अन्य प्राध्यापकलाई निमित्त उपकुलपति, रजिस्ट्रार र रेक्टरको जिम्मेवारी दिइएको छ। तर कुन आधारमा कसलाई जिम्मेवारी दिइयो भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या सार्वजनिक नभएको भन्दै आलोचना बढेको छ।

नेपाल प्राध्यापक संघका अध्यक्षसहित प्राज्ञहरूले यसलाई “व्यक्तिकेन्द्रित निर्णय” भन्दै उच्च शिक्षामा सरकारी हस्तक्षेप बढेको टिप्पणी गरेका छन्।

यता सरकारले भने संक्रमणकालीन व्यवस्थाका रूपमा कामकाज सञ्चालन गर्न यस्तो निर्णय गरिएको जनाएको छ।

यसैबीच, शिक्षा मन्त्रालयका अनुसार आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन परेको छ। सरकारले छिट्टै छनोट प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group