ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसददेखि गणतन्त्र दिवससम्म मौन प्रधानमन्त्री, गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सम्बोधन गराउने निर्णय


एबीसी न्यूज
११ जेष्ठ २०८३, सोमबार   २ : ०४   बजे

काठमाडौं ११ जेष्ठ । प्रधानमन्त्री बनेपछि सार्वजनिक रूपमा औपचारिक सम्बोधन नगरेका बालेन्द्र शाह (बालेन) को कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा गम्भीर प्रश्न उठ्न थालेका छन्।

यस वर्षको गणतन्त्र दिवस मूल समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने निर्णय गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल लाई सम्बोधन गर्न पत्राचार गरेका छन्। गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई नै बोल्न दिनु उपयुक्त हुने सरकारको तर्क भए पनि आलोचकहरूले यसलाई कार्यकारी जिम्मेवारीबाट दूरी बनाउने संकेतका रूपमा व्याख्या गरेका छन्।

मन्त्रिपरिषद्ले गणतन्त्र दिवस मूल समारोह समिति भने बालेन शाहकै नेतृत्वमा गठन गरे पनि सार्वजनिक भाषण नगर्ने निर्णयले सरकारको सञ्चार शैलीबारे प्रश्न उठाएको छ।

यसअघि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पनि प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा प्रतिक्रिया नदिएको भन्दै विपक्षी दलहरूले कडा आलोचना गरेका थिए। त्यसपछि जवाफ दिने जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सम्हालेका थिए।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री नियमित प्रश्नोत्तरमा उपस्थित हुनुपर्ने भए पनि अहिलेसम्म अनुपस्थित रहँदा संसदको जवाफदेहिता कमजोर भएको आरोप विपक्षीले लगाएका छन्।

राजनीतिक विश्लेषकहरूले प्रधानमन्त्रीको मौनता दीर्घकालीन रूपमा कार्यकारी नेतृत्वको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउने अवस्था सिर्जना गरिरहेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group