ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षामा २ खर्ब १८ अर्ब, पूर्वाधारमा ठूलो लगानी, कर सुधार र प्रविधिमा जोड


एबीसी न्यूज
१५ जेष्ठ २०८३, शुक्रबार   ५ : २२   बजे

काठमाडौं, १५ जेठ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले शिक्षा, पूर्वाधार, ऊर्जा, प्रविधि र लगानीमैत्री सुधारलाई प्राथमिकता दिएको छ। शिक्षामा २ खर्बभन्दा बढी बजेट विनियोजन गरिएको छ भने सडक, विद्युत् र पुँजी बजारमा महत्वपूर्ण घोषणाहरू भएका छन्।

शिक्षा क्षेत्रमा ठूलो बजेट

सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ। उच्च शिक्षामा चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत विधामा कोटा उल्लेख्य रूपमा वृद्धि गरिनेछ।

पूर्वाधार विकास

  • सडक मर्मत तथा सुधार : राष्ट्रव्यापी मर्मत अभियानका लागि २८६ अर्ब ५२ करोड।
  • पूर्वपश्चिम राजमार्ग : ३७ अर्ब ४६ करोड।
  • भौतिक र शहरी विकास पूर्वाधार : २ खर्ब ६८ करोड।
  • मध्यपहाडी लोकमार्ग आसपास १२ पहिचानयुक्त सहर निर्माणका लागि १ अर्ब ८३ करोड।

कर प्रणालीमा सुधार

  • विभिन्न पूर्वाधार कर र सडक मर्मत दस्तुरलाई एकीकृत हरित कर (Integrated Green Tax) को रूपमा लागू गरिने।
  • सूचीकृत कम्पनीको धितोपत्र बिक्रीबाट प्राप्त पुँजीगत लाभकर लाई अन्तिम कर हुने व्यवस्था (लगानीकर्ताका लागि राहत)।
  • भन्सार दर ११ बाट घटाएर ७ तह मा।
  • ३६० वस्तुमा अन्तशुल्क खारेज।
  • आयकरमा न्यूनतम १% कर सीमा ५ लाखबाट बढाएर १० लाख।

विद्युत् क्षेत्रको पुनर्संरचना

  • नेपाल विद्युत् प्राधिकरण लाई तीन कम्पनीमा विभाजन : उत्पादन, प्रसारण र वितरण तथा व्यापार।
  • निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न अनुमति।
  • आगामी वर्ष १०४० मेगावाट विद्युत् उत्पादन लक्ष्य (६७० MW जलविद्युत् + ३७० MW सौर्य)।
  • टेक अर पे मोडेलमा नयाँ PPA।

पुँजी बजार र वित्तीय सुधार

  • नेपालमा सूचीकृत कम्पनीले विदेशी स्टक एक्सचेन्ज मा सूचीकरण गर्न सकिने (GDR मार्फत)।
  • इन्ट्रा-डे, सर्ट सेलिङ र डेरिभेटिभ्स चरणबद्ध रूपमा सुरु।
  • व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू।
  • कृषि, उद्योग, पर्यटन र जलविद्युतमा स्थिर ब्याजदर मा कर्जा।
  • राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र (खराब कर्जा व्यवस्थापन)।

प्रविधि र लगानी

  • स्युचाटारमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना।
  • एआई क्षेत्रमा १५ जना नेपाली अनुसन्धानकर्तालाई फेलोसिप।
  • विदेशी लगानीकर्तालाई अपार्टमेन्ट २५% सम्म दीर्घकालीन लिज।
  • गैरआवासीय नेपाली लाई धितोपत्र बजारमा सहभागिता।
  • मातृभूमि कोष स्थापना।

सरकारी सुधार र अन्य

  • ३१ सरकारी निकाय खारेज, ६ मर्जर, ६ हस्तान्तरण, १८ पुनःसंरचना।
  • घाटामा रहेका ७ सार्वजनिक संस्थानलाई PPP मोडेलमा।
  • ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ सामाजिक सुरक्षा भत्ता अभियान।
  • राजनीतिक दल अनुदानमा बृहत् बहस।
  • महिलाका लागि ‘ब्ल्यू बस’ सञ्चालन (सीसी क्यामेरासहित)।
  • कम्पनी खारेजी प्रक्रिया झन्झटमुक्त।
  • नेपाल टेलिकम को ३४% सेयर जनस्तरमा बिक्री।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटलाई “बृहत् आर्थिक सुधारको निर्णायक मोड” भनेका छन्। करलाई दण्ड नभई विकासको साझेदार बनाउने, लगानी आकर्षित गर्ने र प्रविधिमा आधारित अर्थतन्त्र निर्माण गर्ने यो बजेटको मुख्य लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group