ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट गरिब र निजी क्षेत्र सिध्याउनलाई आयो–दुर्गा प्रसाईं


एबीसी न्यूज
१६ जेष्ठ २०८३, शनिबार   ४ : ४३   बजे

काठमाडौं, १६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गरेका छन् ।

उनले बजेट गरिबको लागि नभई निजी क्षेत्रलाई धराशायी बनाउने र धनी वर्गलाई मात्र लक्षित रहेको दाबी गरेका छन् ।प्रसाईंले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको भ्याटको चर्को विरोध गर्दै भने, ‘गरिब जनताको उपचार गर्ने अस्पताल र विद्यालयमा भ्याट लगाउनु अपराध हो । सरकारले निजी क्षेत्रलाई सिध्याउन खोजेको छ ।’उनले आफू र आफू सञ्चालित संस्थाहरुले १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिँदै आएको बताउँदै राज्यले यस्तो सुविधा खोस्न नहुने तर्क गरे ।यसैगरी उनले सरकारले आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गरेकोप्रति असन्तुष्टि जनाए । उनले सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धि अत्यन्तै न्यून भएको उल्लेख गरे ।

उनले भने, ‘मेरो हस्पिटलमा लासबाट पैसा उठाएर, बिरामीबाट पैसा उठाएर पनि म भ्याट बुझाउँछु रु बरु हस्पिटल बन्द गर्दिन्छु । सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धि अत्यन्तै न्यून भयो । महिनाको जम्मा २८ हजार आउँछ । एउटा केही गतिलो किनेर लैजान सकिँदैन ।’देशको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले देशले २१ खर्बको बजेट ल्याएको बताए । यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित टिप्पणी गर्दै प्रसाईंले सुकुम्बासी बस्ती हटाउने अभियानको आलोचना गरे ।उनले खोला किनार र सार्वजनिक जग्गामा बसोबास गर्दै आएका भूमिहीन तथा विपन्न नागरिकहरूको आवास भत्काइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।यस्तै, उनले वर्तमान सरकारको आर्थिक नीति, राजस्व संकलन क्षमता तथा सार्वजनिक खर्च व्यवस्थापनमाथि पनि प्रश्न उठाए । बजेटको आकार र राज्यको आम्दानीबीच ठूलो अन्तर रहेको दाबी गर्दै उनले सरकारले व्यावहारिक आर्थिक योजना ल्याउन नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group