ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धवल शम्शेरसहित १८३ नेताले गरे राप्रपा परित्याग (सूचीसहित)


abc tv
२१ जेष्ठ २०८३, बिहिबार   २ : ०७   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणासहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्।

पार्टी छाड्नेहरूमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरू रहेका छन्। उनीहरूले संयुक्त रूपमा राप्रपासँगको आफ्नो राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन्।

पार्टी परित्याग गर्ने प्रमुख नेताहरूमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शम्शेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी र नानीमैया आचार्यलगायत रहेका छन्।

उल्लेखित अधिकांश नेताहरूलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वले यसअघि पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो।

पार्टी परित्यागसँगै धवल शम्शेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने तयारी अघि बढाएको स्रोतहरूले बताएका छन्। राणाको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माणको प्रयास भइरहेको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।

राप्रपाभित्र लामो समयदेखि देखिएको आन्तरिक विवाद र नेतृत्वबीचको मतभेदकै परिणामस्वरूप यो समूहले पार्टी छाड्ने निर्णय गरेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group