ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिँदै छ: अर्जुननरसिंह केसी


एबीसी न्यूज
२३ जेष्ठ २०८३, शनिबार   ७ : ४०   बजे

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतान्त्रिक पद्धति बहुमतको दम्भले मात्र राज्य सञ्चालन नहुने बताएका छन्। नयाँ सरकार बनेको छोटो समयमै एकपछि अर्को गर्दै संसदीय प्रक्रिया र पद्धतिमाथि निरन्तर आक्रमण भइरहेको बताए।

उनले भनेका छन्, ‘लोकतान्त्रिक पद्धति बहुमतमा आधारित त हो, तर बहुमतको दम्भले मात्र राज्य सञ्चालन हुँदैन। यो बहुमत र वैधानिक प्रक्रियाको सुन्दर एकाकार हो । नयाँ संसद्ले शपथ ग्रहण गरेको ७२ औँ दिन र प्रधानमन्त्रीको शपथको ७१ औँ दिनमा यो संसद् चलिरहेको छ । तर दुर्भाग्य, एकपछि अर्को गर्दै संसदीय प्रक्रिया र पद्धतिमाथि निरन्तर र जबरजस्त आक्रमण भइरहेको छ ।’
एक पटक प्रस्तुत भइसकेको विधेयक संसद्को सम्पत्ति बन्ने उनको भनाइ छ।

उनले थपेका छन्, ‘त्यसलाई संसदीय प्रक्रिया बाहिर कार्यकारी आदेशबाट फिर्ता, परिवर्तन वा रोक्न मिल्दैन । यो संसदीय नियमावली, मर्यादा र विश्वव्यापी प्रचलनको स्पष्ट उल्लङ्घन हो । यो सार्वभौम संसद्को विशेषाधिकारमाथिको नाङ्गो हस्तक्षेप हो । हाम्रोजस्तो प्रस्तुत विधेयकलाई कार्यकारी दबाबमा बाइपास गरी उपेक्षा गर्ने प्रचलन भारत, बेलायतलगायत कुनै पनि परिपक्व संसदीय लोकतन्त्रमा छैन । यो घटना खुल्लमखुल्ला स्वेच्छाचारिता र संसदीय परम्पराप्रतिको घोर अपमान हो ।’

आर्थिक विधेयक टेबल भइसकेपछि अर्थमन्त्रीले ‘त्रुटि सुधार’ को नाममा पत्र पठाएर कर दर परिवर्तन गर्नु विधायिकालाई छलेर कार्यपालिकाले जति पनि मनलाग्दी गर्न सकिन्छ भन्ने खतरनाक नजिर भएको बताए।

उनले भनेका छन्, ‘राजनीतिक दबाबमा तोक लगाएर विधेयक दर्ता गर्नु संस्थागत निरीहता हो । यो संसदीय लोकतन्त्रको हत्या र बहुमतको अहङ्कार हो । बजेटजस्तो संवेदनशील विषयमा सरकारले नियम मिचेर ‘कमा–फुलस्टप’ खेल्न पाउने हो भने संसद् केको लागि रु यो निरङ्कुश प्रवृत्तिको स्पष्ट द्योतक हो । यसले सार्वभौम संसद्को उपहास मात्र गरेको छैन, संसदीय लोकतन्त्रको आत्मालाई नै घायल बनाएको छ । तत्काल यो प्रक्रिया रोक्नुपर्छ ।’

बहुमत छँदै छ गल्ती स्वीकार गर्दै विधेयकलाई औपचारिक संशोधनसहित संसद्मा पेश गर्नु नै सम्मानजनक बाटो हुने बताए। ‘अन्यथा सम्पूर्ण संविधान, संसदीय प्रणाली र लोकतान्त्रिक पद्धति केवल मुखौटो साबित हुनेछन् र देश निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएको स्पष्ट संकेत देखिँदै छ’ उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group