ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई


एबीसी न्यूज
५ असार २०८३, शुक्रबार   १ : ४८   बजे

काठमाडौं ५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैं गरिवी झेल्नुपरेको बताउनुभएको छ । 
शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिदै उहाँले श्रम शक्तिबाट मुलुकको सम्पदालाई सम्पत्तिमा रुपान्तरण गर्न सकिने भएकाले श्रमलाई अभियानको रुपमा अघि बढाउन आवश्यक रहेको पनि बताउनु भयो । अध्यक्ष राईले श्रमलाई माया गरेर अघि बढन पनि सबैलाई आह्वान गर्नुभयो । श्रमले मात्रै मुलुकमा आयआर्जन बढाउने हुनाले त्यसलाई हेयको दृष्टिले हेर्न नहुने उहाँको भनाई थियो ।
अध्यक्ष राईले भन्नुभयो,‘मेरो जहिले पनि एक खालको वैचारिक आन्दोलन विद्रोह भनौ वा असन्तुष्टि के रहन्छ भने हामीले श्रम र श्रमिक, श्रम भन्ने विषयसँग हामी यति टाढा गयौँ कि शिक्षाले नै हामीलाई त्यस्तो बनायो । काम गर्ने मानिस भनेपछि हामी घिनाउँछौँ । पसिना बगाउनेभनेपछि हामी अल्छी मान्छौँ । काम र काम गर्ने मान्छेलाई वर्षौवर्षदेखि विभेद गरेको छ हाम्रो समाजले । काम गर्ने मानिसलाई कामी भनेर घर भित्र हुल्न नदिने समाज अझै चेन्ज भएको छैन । त्यसो भएको हुनाले आज म सम्मानित सदनबाट एउटा सन्देश पनि दिन चाहन्छु–कामलाई माया गरौ । श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रुपान्तरण गर्छ । हामी कसलाई कति टयाक्स लगाउने, एक रुपैयाँ कहाँबाट उठाउने, २ रुपैयाँ कहाँबाट उठाउने भन्ने रन्कोमा छौँ । तर हामीले हाम्रो सम्पदालाई सम्पत्तिमा रुपान्तरण गर्नका लागि श्रमको अभियान, श्रम गर्नु पर्दछ भन्ने शिक्षा, श्रमप्रतिको एउटा सकारात्मक धारणा हामीले कहिल्यै पनि धारन गरेनौ । फलत हामी सधैभरी गरिव छौँ ।’
अध्यक्ष राईले आफूले श्रम गर्नेमाथि विभेद गर्नु हुन्न भनेर अभियानलाई संचालन गरेको दावी पनि गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group