ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न


एबीसी न्यूज
११ असार २०८३, बिहिबार   २ : ३४   बजे

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सम्पन्न पहिलो चरणको निर्वाचनमा उल्लेख्य संख्यामा प्रतिनिधि मतदान प्रक्रियाबाट बाहिरिएका छन्। कुल प्रतिनिधिमध्ये करिब एक तिहाइले मतदान नगरेपछि महाधिवेशन व्यवस्थापन र निर्वाचन प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ।

विद्युतीय मतदान सेवा प्रदायक रामलक्ष्मण इनोभेसन का प्रमुख रामप्रसाद रिमाल का अनुसार कुल ४ हजार ३११ प्रतिनिधि मध्ये २ हजार ९५९ जनाले मात्र मतदान गरेका छन्। यसअनुसार १ हजार ३५२ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका छन्।

रास्वपाले यस महाधिवेशनमार्फत पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ। पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान गरिएको थियो। यी पदका लागि ३८४ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।

किन घट्यो मतदान ?

पार्टीभित्रकै नेताहरूका अनुसार मतदानमा अपेक्षाभन्दा कम सहभागिताको मुख्य कारण महाधिवेशन व्यवस्थापनमा देखिएको अव्यवस्था र निर्वाचन प्रक्रियामा भएको ढिलाइ हो।

महाधिवेशन स्थलमा प्रतिनिधिहरूले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको, मतदान प्रक्रिया निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको तथा उम्मेदवारहरूको सूची व्यवस्थापनमा समेत विवाद उत्पन्न भएकाले धेरै प्रतिनिधि निराश बनेका थिए। केही प्रतिनिधि मतदानअघि नै घर फर्किएको पार्टी स्रोतले जनाएको छ।

एक नेताका अनुसार, “महाधिवेशनको व्यवस्थापन अपेक्षाअनुसार हुन सकेन। निर्वाचन प्रक्रिया पटक–पटक प्रभावित भयो। टाढाबाट आएका धेरै प्रतिनिधिहरू समय अभाव र असहजताका कारण मतदान नगरी फर्किए।”

निर्वाचन प्रक्रियामै विवाद

महाधिवेशनको मतदान प्रक्रियालाई लिएर विभिन्न उम्मेदवार र प्रतिनिधिहरूले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम क्रमबद्ध नभएको, उम्मेदवारी दर्ताको क्रममा राखिएको नम्बर र मतदान प्रणालीमा देखिएको नम्बर फरक परेको तथा मतदातालाई आफूले नचिनेका उम्मेदवारलाई समेत अनिवार्य रूपमा मतदान गर्न बाध्य बनाइएको आरोप उठेको छ।

कयौं उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत निर्वाचन व्यवस्थापनको आलोचना गर्दै पार्टीले प्रचार गर्ने ‘आन्तरिक लोकतन्त्र’ र व्यवहारमा देखिएको व्यवस्थाबीच ठूलो अन्तर रहेको टिप्पणी गरेका छन्।

दोस्रो चरणको तयारी

पहिलो चरणको मतदान सम्पन्न भएसँगै अब पदाधिकारी चयनको प्रक्रिया सुरु गरिने भएको छ। केन्द्रीय सदस्यहरूको मतगणना र नतिजा सार्वजनिक भएपछि उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन हुनेछ।

रास्वपाले आफूलाई परम्परागत दलहरूको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको भए पनि पहिलो महाधिवेशनमै देखिएको व्यवस्थापकीय कमजोरी, प्रतिनिधिहरूको न्यून सहभागिता र निर्वाचन प्रक्रियामाथि उठेका प्रश्नहरूले पार्टीको संगठनात्मक क्षमतामाथि बहस सुरु गराएको छ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने प्रक्रियाले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिए पनि पहिलो चरणको मतदानले भने रास्वपाभित्रको असन्तुष्टि र व्यवस्थापन चुनौतीलाई सतहमा ल्याएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu