ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)


एबीसी न्यूज
११ असार २०८३, बिहिबार   ९ : ५१   बजे

सोविता गौतम दोस्रो, शिशिर खनाल तेस्रो, सागर ढकाल चौथो स्थानमा

चितवन, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार पार्टीका प्रमुख वैचारिक तथा नीतिगत नेतामध्येका एक डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै खुला केन्द्रीय सदस्यतर्फ पहिलो स्थानमा निर्वाचित भएका छन्।

डा. वाग्लेले २ हजार ६०७ मत प्राप्त गर्दै शीर्ष स्थान सुरक्षित गरेका हुन्। पछिल्लो समय पार्टीको आर्थिक, नीतिगत तथा संसदीय बहसमा सक्रिय भूमिका निर्वाह गर्दै आएका वाग्लेको लोकप्रियता मत परिणाममा समेत स्पष्ट देखिएको छ।

उनलाई पछ्याउँदै प्रतिनिधिसभा सदस्य सोविता गौतम ले २ हजार ५९४ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेकी छन्। युवा पुस्तामाझ लोकप्रिय मानिने गौतमले पार्टीभित्र आफ्नो प्रभाव बलियो रहेको पुष्टि गरेकी छन्।

यस्तै, पार्टीका संस्थापक नेतामध्येका एक शिशिर खनाल ले २ हजार ४९५ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गरेका छन् भने राजनीतिक विश्लेषक तथा अभियन्ताबाट राजनीतिमा प्रवेश गरेका सागर ढकाल ले २ हजार ३३३ मत प्राप्त गरी चौथो स्थान हासिल गरेका छन्।


शीर्ष नेताहरूले पाए उल्लेखनीय समर्थन

खुला केन्द्रीय सदस्यतर्फको निर्वाचनमा रास्वपाका चर्चित सांसद, पूर्वमन्त्री, अभियन्ता तथा संगठन निर्माणमा सक्रिय नेताहरूले उल्लेखनीय मत प्राप्त गरेका छन्।

तोसिमा कार्की ले २ हजार २५७ मत प्राप्त गरेकी छन् भने रञ्जु दर्शना ले २ हजार २४९ मत ल्याएर आफूलाई प्रभावशाली नेताको रूपमा स्थापित गरेकी छन्।

पार्टी प्रवक्ता मनिष झा ले २ हजार २३७ मत प्राप्त गरेका छन्। यस्तै हरि ढकाल ले २ हजार २१९ मत, कविन्द्र बुर्लाकोटी ले २ हजार १८४ मत, विपिन आचार्य ले २ हजार १२६ मत र रमेश प्रसाईं ले २ हजार १२३ मत प्राप्त गरेका छन्।


सांसदहरूबीच मिश्रित परिणाम

महाधिवेशनअघि निर्वाचन प्रणाली र व्यवस्थापनमाथि सार्वजनिक रूपमा प्रश्न उठाएका केही सांसदहरूले अपेक्षाभन्दा कम मत प्राप्त गरेका छन्।

राजीव खत्री ले १ हजार ७०१ मत प्राप्त गरेका छन् भने यज्ञमणि न्यौपाने ले १ हजार ८६९ मत प्राप्त गरेका छन्। गणेश कार्की ले १ हजार ६९३ मत र आशिका तामाङ ले १ हजार ४३० मत प्राप्त गरेकी छन्।

निर्वाचन प्रक्रियामा देखिएको अव्यवस्थाप्रति आलोचनात्मक टिप्पणी गरेका सांसद धनञ्जय रेग्मी भने ८९० मतमै सीमित भएका छन्।


महिला नेताहरूको सशक्त उपस्थिति

यस निर्वाचनले रास्वपामा महिला नेतृत्वको प्रभावसमेत देखाएको छ। सोविता गौतम, तोसिमा कार्की, रञ्जु दर्शना, निशा डाँगी, इन्दिरा रानामगर, रिमा विश्वकर्मा, समीक्षा बास्कोटा, लिमा अधिकारी लगायतका नेतृहरूले उल्लेखनीय मत प्राप्त गरेका छन्।

विशेष गरी सोविता गौतम, तोसिमा कार्की र रञ्जु दर्शना शीर्ष मत प्राप्त गर्ने उम्मेदवारहरूको सूचीमा पर्न सफल भएका छन्।


महाधिवेशनमा देखियो उत्साह र असन्तुष्टि दुवै

खुला केन्द्रीय सदस्यको निर्वाचन महाधिवेशनकै सबैभन्दा प्रतिस्पर्धात्मक चुनाव बनेको थियो। ३५ खुला केन्द्रीय सदस्य पदका लागि दर्जनौं उम्मेदवार मैदानमा उत्रिएका थिए। यद्यपि मतदान प्रणाली, उम्मेदवारहरूको नाम क्रम, क्लस्टर व्यवस्थापन तथा ‘नो भोट’ को अधिकार नदिएको विषयमा प्रतिनिधि र उम्मेदवारहरूले व्यापक असन्तुष्टि व्यक्त गरेका थिए।

निर्वाचन प्रक्रियामा देखिएको विवादका बीच सार्वजनिक भएको नतिजाले पार्टीभित्र प्रभावशाली नेताहरूको आधार बलियो रहेको देखाएको छ। अब खुला केन्द्रीय सदस्यहरूको टुंगो लागेसँगै रास्वपाको ध्यान पदाधिकारी निर्वाचनतर्फ केन्द्रित भएको छ।


चर्चित उम्मेदवारहरूले प्राप्त गरेको मत

उम्मेदवारप्राप्त मत
डा. स्वर्णिम वाग्ले२६०७
सोविता गौतम२५९४
शिशिर खनाल२४९५
सागर ढकाल२३३३
तोसिमा कार्की२२५७
रञ्जु दर्शना२२४९
मनिष झा२२३७
हरि ढकाल२२१९
कविन्द्र बुर्लाकोटी२१८४
विपिन आचार्य२१२६
रमेश प्रसाईं२१२३
बिराजभक्त श्रेष्ठ२०९४
निशा डाँगी२०८९
इन्दिरा रानामगर२०४७
गणेश पराजुली२०४५
जगदीश खरेल (ललितपुर)२०४४
पुकार बम२०३०
प्रमोद न्यौपाने१८९२
यज्ञमणि न्यौपाने१८६९
सस्मित पोखरेल१८३३
राजुनाथ पाण्डे१८१२
रिमा विश्वकर्मा१८१०
असीम साह१७२८
खगेन्द्र सुनार१७०८
राजीव खत्री१७०१
समीक्षा बास्कोटा१६९९
गणेश कार्की१६९३
जगदीश खरेल (दोलखा)१५१३
लिमा अधिकारी१५०४
टिका संग्रौला१४९०
शंकर श्रेष्ठ१४८४
क्रान्तिशीखा धिताल१४७९
आशिका तामाङ१४३०
सुदीप ढकाल१४२९
अनुष्का श्रेष्ठ१३५३
रोहन कार्की१०२२
अरनिको पाण्डे९१२
धनञ्जय रेग्मी८९०
रामजी यादव८६९

परिणामले रास्वपाभित्र सांसद, संस्थापक नेता र सार्वजनिक रूपमा परिचित अनुहारहरूको प्रभाव अझै बलियो रहेको देखाएको छ। तर महाधिवेशन व्यवस्थापनमा देखिएको विवाद र असन्तुष्टिले आगामी नेतृत्व चयन प्रक्रियामा नयाँ चुनौती पनि खडा गरेको छ।

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: प्रदेशगत मत परिणाम

प्रदेशसर्वाधिक मत ल्याउने उम्मेदवारप्राप्त मत
कोशीनिशा मेहता१,८६१
मधेशसुष्मा बस्नेत१,४१८
बागमतीप्रभा ढकाल१,५१३
गण्डकीपवित्रा थापा१,०४२
लुम्बिनीकल्पना पाण्डे१,१०७
कर्णालीसीता वादी१,७५१
सुदूरपश्चिमहेमराज थापा२,०३०*

*नोट: सुदूरपश्चिम प्रदेशमा सर्वाधिक मत हेमराज थापाले प्राप्त गर्नुभएको छ।

विस्तृत मत परिणाम (उम्मेदवार र प्राप्त मत)

१. कोशी प्रदेश

  • निशा मेहता: १,८६१
  • विश्वराज पोखरेल: १,४६०
  • शोभा कार्की: १,२०४
  • कल्पना थापा: ९३९
  • सुजाता तामाङ: ८३९
  • लालविक्रम थापा: ७८३
  • सयमलाल चौधरी: ७५८
  • प्रकाश पाठक: ७४३
  • वीरेन्द्र श्रेष्ठ: ६३१
  • राजकुमार राई: ६२४
  • पारमणि गेलाल: ६१३
  • धनेश्वर शाह: ५६७
  • नवीन खड्का: ५५५
  • प्रजना राई: ५३९
  • भूमिनन्द बराल: ५२६
  • पीताम्बर तिम्सिना: ४९७
  • रमेशप्रसाद ओझा: ४८८
  • ऋतुराज लिम्बु: ४४४
  • कृष्णबहादुर चोङबाङ लिम्बु: ४००
  • सिर्जना लामा फोम्बो: ३२४

२. मधेश प्रदेश

  • सुष्मा बस्नेत: १,४१८
  • सरिताकुमारी चौधरी: १,२८०
  • नमिता यादव: १,११९
  • मञ्जु सिंह: १,०१३
  • अंकितकुमार यादव: ९५०
  • गणेश धिमाल: ८६३
  • दिलपाल शाह: ८५१
  • बरुणकुमार झा: ७६५
  • विजय पोखरेल (टंकप्रसाद): ७४०
  • रबिन महतो: ६५९
  • सरोजकुमार शाह: ६५२
  • राजकिशोर महतो कोइरी: ५९६
  • उदयनारायण सापकोटा: ५९१
  • मनोजकुमार रजक: ५२३
  • रसोलकुमार जयसवाल: ४६०
  • रामबाबु कुमार सिंह: ३९७
  • विष्णुकुमार शाह: ३८९
  • हरेराम ठाकुर: ३३६
  • कैलाश शाह सुढी: ३१५
  • तेजविक्रम कार्की (आरसी): ७८

३. बागमती प्रदेश

  • प्रभा ढकाल: १,५१३
  • विदुषी राणा: १,३१०
  • आकांक्षा पोखरेल: ८५०
  • अनिता श्रेष्ठ: ८०२
  • पार्वती थापा: ७४९
  • जगदीशचन्द्र शर्मा: ७४०
  • दीपा लामिछाने: ७१२
  • सुमनविक्रम पाण्डे: ६५७
  • प्रदीप तिम्सिना: ६४२
  • दिवाकर दंगाल: ५९३
  • यदुकुमार गिरी: ५३४
  • भरतप्रसाद पराजुली: ४८६
  • झलककुमार श्रेष्ठ (अजय): ४८२
  • प्रशान्त उप्रेती: ४७३
  • प्रभाकर घिमिरे: ४५०
  • सन्तोष थापा: ४१७
  • सागर रिजाल: ४१३
  • हिमाल महत: ३९६
  • रामेश्वर थापा: ३८०
  • सुरेश मास्के: ३७५
  • नम्रता बनियाँ: ३१५
  • अनिश खत्री: २९६
  • दयाराम अधिकारी: २९३
  • मछिन्द्र खकुरेल: २८७
  • प्रह्लाद केसी: २६१
  • राजु फुयाँल: २४१
  • वसन्तराज कुइँकेल: २२८

४. गण्डकी प्रदेश

  • पवित्रा थापा: १,०४२
  • मनिष खनाल: १,०१२
  • सोम शर्मा: ९५५
  • पूजा बास्तोला: ८९३
  • पार्वती अधिकारी: ८१५
  • विष्णुकुमारी गुरुङ: ७७४
  • सन्तोष पन्त: ७४४
  • झबिलाल डुम्रे: ७०८
  • जीवनकुमार श्रेष्ठ: ६५९
  • श्रीराम न्यौपाने: ६४९
  • सुदेश गुरुङ: ५९२
  • मोहनबहादुर थापा: ४५९
  • धर्मराज केसी: ४५८
  • अशोक खड्का: ४११
  • पदमराज पन्ती: ३७०
  • प्रकाश थापा: ३६४
  • मुक्ति अधिकारी: ३४९
  • पुष्पराज अधिकारी: ३३३
  • राजु दाहाल: ३१८
  • महेन्द्र खड्का: ३१५
  • विकास सिग्देल: २९५
  • तोयराज अधिकारी: २९०
  • सन्तोष एक्मिन: २८८
  • दीपककुमार बोगटी: २३६
  • दाताराम चपाईं: १५८

५. लुम्बिनी प्रदेश

  • कल्पना पाण्डे: १,१०७
  • संगीता ढकाल: १,०९२
  • ज्ञानु पौडेल: ८९७
  • देवराज पाठक: ८२०
  • शर्मिला खनाल: ६६४
  • कमल सुबेदी: ६०१
  • बिराज पौडेल: ५९९
  • सरस्वती भण्डारी ढकाल: ५३४
  • गोविन्द पन्थी: ५२१
  • टंकबहादुर धानी: ४७३
  • महेशराम थारु: ४६०
  • जनक भुसाल: ४२४
  • बुद्धिप्रसाद शर्मा: ४३२
  • सुशील अधिकारी: ४२७
  • दीपक अधिकारी: ४०६
  • अर्जुनबहादुर शाही: ४०४
  • गोपाल पाण्डे: ४०१
  • नीलराज अधिकारी: ३७०
  • महेशकुमार शाह: ३६१
  • अमृत भुसाल: ३६०
  • चेतन राणा: ३४२
  • कमल केसी: ३२६
  • सुभाष शर्मा: ३१६
  • नरेशबहादुर पछाई क्षेत्री: ३१४
  • गोपाल घिमिरे: ३१२
  • शीतल भुसाल: २९३
  • रमेश थापा क्षेत्री: २७३
  • भीमबहादुर खड्का: २५५
  • राहुल केसी: २४४
  • देवराज भण्डारी: २२९
  • महेश भण्डारी: १४६

६. कर्णाली प्रदेश

  • सीता वादी: १,७५१
  • विनिता कठायत: १,५००
  • टासी ल्हाजोम: १,१३५
  • मेनुका शाही: ७९८
  • गोमा थापा: ६१६
  • प्रकाश न्यौपाने: ६१२
  • अनिल बनियाँ: ६०३
  • संगीताकुमारी थापा: ५७२
  • गणेश पाण्डे: ५७१
  • महेशप्रसाद पाण्डे: ५१४
  • प्रेमबहादुर बोहरा: ४७१
  • प्रकाशबहादुर बोहरा: ४५१
  • तेजकुमार बिक: ४१४
  • मानबहादुर शाही: ३९१
  • नरेश त्रिमलसिंह: ३५१
  • सुदीप पुरी: ३५०
  • टंकप्रसाद जैसी: ३१९
  • हिमा केसी बन्जरा: ३१४
  • पवनराज देवकोटा: ३१०
  • मिनराज आचार्य: ३०२
  • सुनिल हमाल: २८२
  • प्रेमबहादुर भण्डारी: २६७
  • नेत्रकुमार केसी: २६२
  • शेरबहादुर राउत: २५३
  • नरेश तिम्सिना: २५१
  • गोपाल प्याकुरेल: २३३
  • कमलबहादुर खड्का: २२६
  • राघव कार्की: २२४
  • टेकबहादुर सिंह ठकुरी: २२०
  • अविनाश थानी: २१५
  • उदयकुमार मल्ल: २०४
  • धिरजबहादुर ओली: १६४

७. सुदूरपश्चिम प्रदेश

  • हेमराज थापा: २,०३०
  • केपी खनाल: १,८४०
  • दीपकराज मोहरा: १,४५०
  • जानकी जोशी: १,१४८
  • चन्द्रा ए चाँदनी: १,१२६
  • रत्न थापा: ९६१
  • शैलेशकुमार सिंह: ७६३
  • शिवराज पन्त: ६३७
  • बहादुर विष्ट: ५५०
  • हरिमोहन भण्डारी: ५४१
  • नमराज न्यौपाने: ५२३
  • ज्ञानेन्द्रसिंह महता: ५१८
  • मिनबहादुर बोहरा: ४८६
  • उमेशराज पाण्डे: ४७१
  • पदमराज शर्मा: ४४५
  • सागर टमाटा: ४४२
  • मदनसिंह विष्ट: ४३९
  • कृष्णबहादुर पटाला: ४१९

अतिरिक्त जानकारी: यो मत परिणाम विद्युतीय भोटिङ मेसिनको मात्र हो। प्रवासबाट अनलाइनमार्फत ४० जनाले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu