काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान पदाधिकारीका लागि उम्मेदवारी दिएका आकांक्षीहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको छ।
घोषित सूची अनुसार पार्टीको प्रमुख संगठनात्मक पद मानिने महामन्त्री पदका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ भने केही शीर्ष पदहरूमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ।
सभापति र उपसभापतिमा रवि र स्वर्णिम निर्विरोध
पार्टीको शीर्ष दुई पदमा भने निर्वाचन गर्नु नपर्ने भएको छ। निर्वाचन आयोगका अनुसार:
- सभापति पदमा: रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
- उपसभापति (खुला) पदमा: डा. स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।
१ महामन्त्री पदका लागि ९ आकांक्षी
पार्टीको नीति र संगठन हाँक्ने शक्तिशाली १ महामन्त्री पदका लागि ९ जना चुनावी मैदानमा उत्रिएका छन्। प्रारम्भिक सूचीमा १० जनाको नाम रहे पनि नेता जगदीश खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्। चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू यस प्रकार छन्:
१. मनिष झा
२. सागर ढकाल
३. रञ्जु दर्शना
४. गणेश कार्की
५. कविन्द्र बुर्लाकोटी_फिर्ता
६. प्रमोद न्यौपाने
७. राजुनाथ पाण्डे
८. गणेश पराजुली
९. विपिन कुमार आचार्य
उपसभापति र सहमहामन्त्री पदको भिडन्त
- १ उपसभापति (महिला) पद: यो पदका लागि पार्टीका दुई चर्चित युवा नेत्रीहरू सोबिता गौतम र तोसिमा कार्की बीच रोचक भिडन्त हुने भएको छ।
- २ सहमहामन्त्री (खुला) पद: दुई पदका लागि कुल ११ जनाले उम्मेदवारी दिएका छन्। मैदानमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त छन्।
- १ सहमहामन्त्री (महिला) पद: एक पदका लागि ५ जना महिला नेत्रीहरूको उम्मेदवारी परेको छ। जसमा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा रहेका छन्।
निर्वाचन आयोगले प्रारम्भिक सूचीमाथि दाबी विरोध र उम्मेदवारी फिर्ताको निश्चित समय दिएर आजै अन्तिम नामावली प्रकाशन गर्ने र मतदानको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।







प्रतिक्रिया दिनुहोस्