काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् ।
शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् । त्यस्तै पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् ।
महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार थिए । त्यसैगरी पार्टीको सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित हुनुभएको छ भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भएकी छिन् । यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।









प्रतिक्रिया दिनुहोस्