ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट आन्दोलनमा आत्मसमीक्षा आवश्यक, प्रत्यक्ष कार्यकारी शासन नेपालका लागि उपयुक्त छैन : विद्या भण्डारी


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   ७ : ०७   बजे

काठमाडौं, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समयअनुकूल, जनमुखी र प्रभावकारी बनाउन गम्भीर आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन र जनतासँगको सम्बन्ध थप सुदृढ गर्नुपर्ने बताउनुभएको छ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले हालैको प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिष्ट शक्तिहरूलाई आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्ध सुधार्ने अवसर दिएको उल्लेख गर्नुभयो। तर कुनै एक निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवाद वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने उहाँको धारणा थियो।

भण्डारीले बदलिँदो पुस्ता, सामाजिक संरचना, प्रविधिको तीव्र विकास र युवाको नयाँ आकांक्षालाई सम्बोधन गर्दै कम्युनिष्ट आन्दोलनले आफ्ना मूल आदर्श र सिद्धान्तलाई कायम राखेर नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई समयअनुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आत्मसमीक्षा, नवप्रयोग र जनतासँगको जीवन्त सम्बन्धमार्फत आन्दोलनको सान्दर्भिकता र प्रभावकारिता अझ मजबुत बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।

संविधान संशोधनको बहसबारे बोल्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा राख्नुभयो। उहाँले नेपालको विविध सामाजिक संरचनालाई मध्यनजर गर्दै संसदीय लोकतान्त्रिक प्रणाली नै उपयुक्त हुने तर्क गर्नुभयो।

उहाँले लोकतन्त्र केवल आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्ने प्रक्रियामा सीमित नहुने उल्लेख गर्दै निर्वाचित भएपछि पनि संवैधानिक मर्यादा, विधिको शासन, जनउत्तरदायित्व र लोकतान्त्रिक मूल्य–मान्यताको निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने बताउनुभयो। लोकतान्त्रिक संस्कार र उत्तरदायित्वप्रतिको प्रतिबद्धताले मात्र शासन प्रणालीलाई सफल र विश्वासयोग्य बनाउन सक्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

उड्डयनमन्त्री भन्छन्– हवाइ क्षेत्रको सुधारका लागि सरकारले तत्काल गर्न सक्ने केही छैन

सम्बन्धित

बालेन सरकार बनेयता ६ सय कर्मचारीले दिए राजीनामा

प्रचण्डको विश्लेषण– यो सरकार त्यति लामो जाँदैन

राहदानी विभागका महानिर्देशकसहित सबैलाई रिहा गर्न आदेश

ट्राफिकले हटायो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा

अभिमुखीकरणमा सांसदहरू नआएपछि सभामुख असन्तुष्ट

विश्वकपको अन्तिम ३२ मा जर्मनी र पाराग्वे भिड्दै, प्रिक्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu