ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको विश्लेषण– यो सरकार त्यति लामो जाँदैन


abc tv news
१५ असार २०८३, सोमबार   ९ : २६   बजे

काठमाडौं, १५असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वालेन्द्र शाह नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन्।

सोमबार नेकपाको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सरकारबारे विश्लेषण गरेका थिए। त्यस क्रममा उनले सरकारका कामकारबाही सही नभएको बताए।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सरकारले ठीक ढंगले अघि नबढेको प्रचण्डको विश्लेषण थियो।

‘राष्ट्रियताका विषयमा, आधारभूत वर्गका विषयमा सरकारले गरेका कामहरू गलत छन्,’ प्रचण्डले भने, ‘त्यसैले वामपन्थी शक्ति र अरु लोकतान्त्रिक शक्तिसँग सहकार्यको वातावरण बनाएर जानुपर्छ।’

उनले अहिलेसम्मका क्रियाकलापले सरकार धेरै समय नटिक्ने पनि दाबी गरे। ‘सरकार ठीक ढंगले गइरहेको छैन,’ प्रचण्डले भने, ‘यो सरकार त्यति लामो जाँदैन।’

केन्द्रीय कमिटीको भर्चुअल बैठकमा संयोजक प्रचण्डले ४५ मिनेट बोलेका थिए। उनले समसामयिक राजनीतिक विषयसँगै नेकपाको महाधिवेशनको तयारीबारे चर्चा गरेका थिए।

त्यसअघि नेकपाका सहसंयोजक माधवकुमार नेपालले पनि बैठकलाई सम्बोधन गरेका थिए। आधा घण्टा बोलेका सहसंयोजक नेपालले पनि सरकारका कामकारबाही ठीक ढंगले अघि नबढेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

उड्डयनमन्त्री भन्छन्– हवाइ क्षेत्रको सुधारका लागि सरकारले तत्काल गर्न सक्ने केही छैन

सम्बन्धित

बालेन सरकार बनेयता ६ सय कर्मचारीले दिए राजीनामा

राहदानी विभागका महानिर्देशकसहित सबैलाई रिहा गर्न आदेश

ट्राफिकले हटायो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा

अभिमुखीकरणमा सांसदहरू नआएपछि सभामुख असन्तुष्ट

विश्वकपको अन्तिम ३२ मा जर्मनी र पाराग्वे भिड्दै, प्रिक्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा

उड्डयनमन्त्री भन्छन्– हवाइ क्षेत्रको सुधारका लागि सरकारले तत्काल गर्न सक्ने केही छैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu