ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते


एबीसी न्यूज
१६ असार २०८३, मंगलबार   ८ : ०६   बजे

काठमाडौं, १६ असार । कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा चालकसहित २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।बसमा चालकसहित ४६ जना यात्रु सवार रहेका थिए । दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकखण्डमा दुवैतर्फ सवारी आवागमन पुनः सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकपमा तीन रोमाञ्चक खेल : ब्राजिल, पाराग्वे र मोरक्को अन्तिम १६ मा

आजदेखि बेसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

सम्बन्धित

विश्वकपमा तीन रोमाञ्चक खेल : ब्राजिल, पाराग्वे र मोरक्को अन्तिम १६ मा

पेनाल्टी सुटआउटमा मोरक्कोको ऐतिहासिक विजय, नेदरल्यान्ड्स स्तब्ध हुँदै विश्वकपबाट बाहिरियो

जेनजी आन्दोलन : सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नगर्न अध्ययन समितिको संकेत

संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ७ परिवार विस्थापित

आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना: सावधानी अपनाउन आग्रह

विश्वकपमा ब्राजिल र पाराग्वेको शानदार यात्रा, जापान र जर्मनी बाहिरिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu