ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेता कार्यकर्तासामू प्रचण्डको आत्मसमीक्षा: प्रधानमन्त्री बन्न जतापनि मिल्नु गल्ती भयो


एबीसी न्यूज
१७ असार २०८३, बुधबार   ९ : १६   बजे

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वले रणनीतिक लक्ष्यबाट विचलित हुँदै पद, पैसा र सत्तामुखी राजनीतिमा अल्झिएको स्वीकारेका छन्।

पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै शान्ति प्रक्रिया र संविधान निर्माणलाई ऐतिहासिक उपलब्धि भए पनि त्यसअघि रणनीतिक सोच छाडेर तत्कालीन कार्यनीतिमै सीमित भएको उनको भनाइ छ।उनले भने, ‘शान्ति सम्झौता र संविधान निर्माण गरेर गल्ती भएन। तर, हामीले रणनीति छोड्यौँ, कार्यनीतिलाई नै रणनीति मान्न थाल्यौँ। चुनाव जित्ने, सरकारमा जाने, मन्त्री हुने र प्रधानमन्त्री हुने कुरामै सीमित भयौँ।’संविधान जारी भएपछि पार्टी नेतृत्व तात्कालिक स्वार्थमा केन्द्रित भएको बताए।उनले थपे, ‘हिजो हामी जनताको अधिकारका लागि तँछाडमछाड गर्थ्यौं पछि पद, सुविधा र पैसा प्राप्तिका लागि तँछाडमछाड गर्न थाल्यौँ। नेतृत्वकै कमजोरीका कारण कार्यकर्तामा पनि त्यही प्रवृत्ति फैलियो।

गल्ती माथिबाटै भयो। नेतृत्व पटक–पटक प्रधानमन्त्री बन्न कहिले कांग्रेस, कहिले एमाले र कहिलेकाहीँ अन्य दलसँग मिल्यो। त्यसको असर तलसम्म पुग्यो।’उनले पार्टीभित्र समाजवादी मूल्य कमजोर बन्दै व्यक्तिवाद, स्वार्थ र अवसरवाद हाबी भएको बताए। उनले भन्नका लागि समाजवाद भने पनि व्यवहारमा पुँजीवादी, व्यक्तिवादी र स्वार्थी कामका केन्द्रीय भएको स्वीकारे।उनले थपे, ‘जनताले हामीलाई पहिला कम्युनिष्टबाट ठूलै चिज प्राप्त हुन्छ भन्ने सोचेको थिए। तर जनताले हामीलाई कांग्रेस, एमालेभन्दा अझ बढी पद र प्रतिष्ठाका निमित्त, पैसाका निमित्त जे पनि गर्ने देखेँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिविको उपकुलपतिमा तीन जनाको चर्चा, नियुक्ति अन्तिम चरणमा

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कुन गन्तव्यमा कति ? (सूचीसहित)

सम्बन्धित

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

त्रिविको उपकुलपतिमा तीन जनाको चर्चा, नियुक्ति अन्तिम चरणमा

रास्वपाले भन्यो– १,३३,३५३ जनाको नागरिकता भेरिफिकेशन बाँकी छ, कानुनविपरीत भेटिए खारेज गर्छौं

चिनियाँ नागरिक शंकास्पद गतिविधिमा स् धोवीघाट र चोभारबाट नौजना पक्राउ, १८ थान पासपोर्ट जफत

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कुन गन्तव्यमा कति ? (सूचीसहित)

कार्यगत एकताबाट अघि बढ्नुपर्छः अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu