ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले भन्यो– १,३३,३५३ जनाको नागरिकता भेरिफिकेशन बाँकी छ, कानुनविपरीत भेटिए खारेज गर्छौं


एबीसी न्यूज
१७ असार २०८३, बुधबार   ९ : ३८   बजे

काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १ लाख ३३ हजार ३५३ सदस्यता आवेदनको नागरिकता प्रमाणीकरण अझै बाँकी रहेको बताएको छ। १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सदस्यता बनाएको विवादमा रास्वपाले स्पष्टीकरण दिँदै कानुनविपरीत सदस्यता स्वीकृत भएको भेटिए तत्काल खारेज गरिने बताएको छ।

मंगलबार जारी विज्ञप्तिमा रास्वपाले प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा समावेश तथ्यांक प्रमाणित सदस्यहरूको आधिकारिक अभिलेख नभई डिजिटल प्रणालीमा दर्ता भएका प्रारम्भिक सदस्यता आवेदनको विश्लेषण मात्र रहेको जनाएको हो।पार्टीका अनुसार डिजिटल प्रणालीमा हालः ५ लाख २३ हजार ४६५ सदस्यता आवेदन दर्ता भएका छन्। तीमध्ये ३ लाख ९० हजार ११२ जनाको नागरिकता तथा अन्य आधिकारिक कागजातका आधारमा प्रमाणीकरण सम्पन्न भइसकेको छ भने १ लाख ३३ हजार ३५३ आवेदन अझै प्रमाणीकरण प्रक्रियामै छन्।

रास्वपाले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन र पार्टी विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्रै पार्टी सदस्य हुन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै १८ वर्षमुनिका व्यक्तिलाई सदस्य बनाउने नीति वा अभ्यास पार्टीको नरहेको दाबी गरेको छ।

पार्टीका अनुसार सदस्यता आवेदनका क्रममा आवेदकले आफैं विवरण प्रविष्ट गर्ने भएकाले वि।सं। र ई।सं। पात्रो छनोटमा भएको त्रुटि, जन्ममिति टाइप गर्दा भएको गल्ती वा जन्ममितिको सट्टा हालको मिति राखिएका कारण केही आवेदकको उमेर प्रणालीमा वास्तविकभन्दा कम देखिएको प्रारम्भिक समीक्षाबाट खुलेको छ।रास्वपाले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरिएको जनाउँदै अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीले स्वतः रोक्ने व्यवस्था लागू गरिने बताएको छ। साथै, प्रमाणीकरण भइसकेका अभिलेखको समेत पुनः परीक्षण गरी १८ वर्षभन्दा कम उमेरका व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइए तत्काल खारेज गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिविको उपकुलपतिमा तीन जनाको चर्चा, नियुक्ति अन्तिम चरणमा

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कुन गन्तव्यमा कति ? (सूचीसहित)

सम्बन्धित

ह्यारी केनको दुई गोलमा इंग्ल्यान्डको रोमाञ्चक पुनरागमन, डीआर कङ्गोलाई २–१ ले हराउँदै अन्तिम १६ मा प्रवेश

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

त्रिविको उपकुलपतिमा तीन जनाको चर्चा, नियुक्ति अन्तिम चरणमा

चिनियाँ नागरिक शंकास्पद गतिविधिमा स् धोवीघाट र चोभारबाट नौजना पक्राउ, १८ थान पासपोर्ट जफत

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कुन गन्तव्यमा कति ? (सूचीसहित)

नेता कार्यकर्तासामू प्रचण्डको आत्मसमीक्षा: प्रधानमन्त्री बन्न जतापनि मिल्नु गल्ती भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu