ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविको उपकुलपतिमा तीन जनाको चर्चा, नियुक्ति अन्तिम चरणमा


एबीसी न्यूज
१७ असार २०८३, बुधबार   १० : ५०   बजे

काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेल को अध्यक्षतामा गठित छनोट समितिले तीन जनाको नाम टुंगो लगाएको स्रोतले जनाएको छ।

सिंहदरबार स्रोतका अनुसार समितिले तयार पारेको सिफारिस सूची अब कुलपतिसमक्ष पेश गरिनेछ। त्यसपछि तीन जनामध्ये एक जनालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरिनेछ। यद्यपि, छनोट समितिले आधिकारिक रूपमा नाम सार्वजनिक गरेको छैन।

यी तीन नाम चर्चामा

त्रिवि स्रोतका अनुसार उपकुलपति नियुक्तिको दौडमा प्रमुख रूपमा तीन शिक्षाविद्को नाम चर्चामा छ।

  • भोला थापा
  • दुर्गादत्त पौडेल
  • नन्दबहादुर सिंह

प्रा.डा. भोला थापा काठमाडौं विश्वविद्यालय का पूर्व उपकुलपति हुन्। उनी विश्वविद्यालयमा उपप्राध्यापकदेखि रजिस्ट्रार हुँदै २०७७ सालमा उपकुलपति बनेका थिए र उच्च शिक्षा प्रशासनमा लामो अनुभव राख्छन्।

प्रा.डा. दुर्गादत्त पौडेलले अमेरिकाको University of Louisiana मा काम गरेको अनुभव बटुलेका छन्। उनले अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको उच्च शिक्षामा उपयोग गर्ने योजना अघि सारेका छन्।

त्यस्तै प्रा.डा. नन्दबहादुर सिंह मध्यपश्चिम विश्वविद्यालय का पूर्व उपकुलपति हुन्। उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका छन् र यसअघि विश्वविद्यालय नेतृत्वको अनुभव हासिल गरिसकेका छन्।

५० आवेदकमध्ये अन्तिम तीन

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि खुला प्रतिस्पर्धामार्फत ५० जनाको आवेदन परेको थियो। प्रारम्भिक मूल्याङ्कनपछि १० जनाको सर्टलिस्ट तयार गरिएको थियो। त्यसपछि उम्मेदवारहरूको प्रस्तुतीकरण, अन्तर्वार्ता तथा सार्वजनिक राय–सुझावका आधारमा अन्तिम तीन जनाको नाम छनोट गरिएको हो।

आठ विश्वविद्यालयमा एकैपटक प्रक्रिया

यसैबीच छनोट समितिले त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयका उपकुलपतिका लागि तीन–तीन जनाको नाम सिफारिसका लागि तयार गरेको छ। यसमा पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय पनि समावेश छन्।

सरकारले अध्यादेशमार्फत अघिल्ला उपकुलपतिहरू पदमुक्त गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरेको हो। विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप कम गर्दै खुला प्रतिस्पर्धाका आधारमा योग्य नेतृत्व चयन गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको सरकारको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिविको उपकुलपतिमा तीन जनाको चर्चा, नियुक्ति अन्तिम चरणमा

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कुन गन्तव्यमा कति ? (सूचीसहित)

सम्बन्धित

ह्यारी केनको दुई गोलमा इंग्ल्यान्डको रोमाञ्चक पुनरागमन, डीआर कङ्गोलाई २–१ ले हराउँदै अन्तिम १६ मा प्रवेश

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

रास्वपाले भन्यो– १,३३,३५३ जनाको नागरिकता भेरिफिकेशन बाँकी छ, कानुनविपरीत भेटिए खारेज गर्छौं

चिनियाँ नागरिक शंकास्पद गतिविधिमा स् धोवीघाट र चोभारबाट नौजना पक्राउ, १८ थान पासपोर्ट जफत

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कुन गन्तव्यमा कति ? (सूचीसहित)

नेता कार्यकर्तासामू प्रचण्डको आत्मसमीक्षा: प्रधानमन्त्री बन्न जतापनि मिल्नु गल्ती भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu