ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन


abc tv news
२२ असार २०८३, सोमबार   १२ : ५४   बजे

काठमाडौं २२ असार ।नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’ मा परिणत भएको भन्दै राज्यको उदासिनताप्रति आक्रोश व्यक्त गर्नुभयो । सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा दुर्घटना भएको सन्दर्भ उल्लेख गर्दै प्रमुख सचेतक थापाले दुर्घटना भएको लामो समय बितिसक्दा समेत राज्यका सम्बन्धित निकायबाट घटनाको आधिकारिक विवरण र यकिन तथ्य आउन नसक्नु खेदजनक रहेको बताउनु भयो । उहाँले सरकारको राजनीतिक नारा र कर्णालीको वास्तविक अवस्थाबीच ठूलो खाडल रहेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले कर्णालीलाई ‘स्वर्गकी रानी’ र ‘सुइना’ (सपना) भनेर सम्बोधन गरे पनि व्यवहारमा जनताले अकालमा ज्यान गुमाउनुपरेको भन्दै उहाँले के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । प्रमुख सचेतक थापाले कर्णालीमा भइरहेका सडक दुर्घटनालाई केवल संयोग मात्र मान्न तयार नरहेको बताउँदै यसलाई राज्यको चरम लापरवाही र बेवास्ताको परिणाम भएको जिकिर गर्नुभयो । उहाँले तत्काल उद्धार कार्यलाई तिब्रता दिन र कर्णाली राजमार्गको स्तरोन्नतिका लागि ठोस योजनासहित कदम चाल्न सरकारसँग माग गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘कर्णालीका सडकमा दिनहुँ रगत बगिरहेको छ, नागरिकहरू ज्यान हत्केलामा राखेर यात्रा गर्न विवश छन् । नियमन गर्ने निकाय छैन, दुर्घटना हुँदा उद्धार गर्ने आवश्यक उपकरण छैनन् । यो कस्तो विडम्बना हो ? हामी राजधानीमा सुविधा सम्पन्न तारे होटलमा बसेर आहा ! कर्णाली त स्वर्ग हो भनेर भाषण गर्छौँ । हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले पनि कर्णालीमा गएर त्यसलाई स्वर्गकी रानी कर्णालीकी सुइना भनेर सम्बोधन गर्नुभयो । तर सभामुख महोदय, म यहाँ उभिएर सोध्न चाहन्छु, के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? के कर्णालीका जनताको निधारमा सधैँ अकालको मृत्यु मात्रै लेखिएको छ ? जनताको यहाँ विडम्बनाको पराकाष्ठा हेर्नुहोस् सभामुख महोदय, म यहाँबाट यसलाई दुर्घटना भन्न तयार छैन, यो त राज्यको चरम विवेक, चरम बेवास्ता र कर्णालीमाथिको यो खेलबाडको अब अन्त्य हुनैपर्छ । कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन । म यस दुःखद् घटनाको तत्काल उद्धार कार्यलाई तिब्र बनाउन र कर्णाली राजमार्गको स्तर उन्नतिका लागि ठोस कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले कर्णाली राजमार्गको जीर्ण अवस्था र त्यहाँ भइरहेका सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद बरालले कर्णालीका जनताले सडक अभाव र असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै राज्यको उदासिनताप्रति आपत्ति प्रकट गर्नुभयो । कर्णालीमा पछिल्लो समय भएको दुर्घटनाको ७२ घण्टा बितिसक्दा पनि बेपत्ताहरूको अवस्था अज्ञात रहेको भन्दै उहाँले उद्धार कार्य प्रभावकारी नभएको गुनासो गर्नुभयो । 
सांसद बरालले भन्नुभयो, ‘अहिलेसम्म न सास भेटिएको छ, न लास। कर्णालीका जनता सधैँ राज्यको बलिका रूपमा रहनुपर्ने स्थिति कहिलेसम्म रहन्छ ? राज्यले कर्णालीका जनतालाई नागरिकका रूपमा कहिले स्वीकार गर्छ ? प्रधानमन्त्रीज्यूले ‘मेरा सुइना, कर्णालीका सुइना’ भन्दै फोटोमा रमाइरहँदा त्यहाँका जनताले दैनिक मृत्युसँग जुध्नु परिरहेको छ । हामी सरकारसँग अधिकार खोज्न आएका हौँ, भिख मागेका होइनौँ ।’
उहाँले कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ को संज्ञा दिँदै यसलाई सुरक्षित राजमार्गका रूपमा विकास गर्न माग गर्नुभयो । हेलिकप्टरमार्फत प्रभावकारी खोजतलासका लागि आग्रह गर्दा पनि पुरानो प्रविधि र न्युन जनशक्ति परिचालन गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद बरालले प्रधानमन्त्रीका पुराना प्रतिवद्धता र नाराहरूलाई स्मरण गराउँदै कर्णालीको वास्तविकता र सरकारी प्रचारबाजीमा ठूलो खाडल रहेको टिप्पणी गर्नुभयो । उहाँले कर्णालीका बासिन्दालाई पनि सुरक्षित रूपमा हिँडडुल गर्न पाउने वातावरण सुनिश्चित गर्न र सडक पूर्वाधारमा ठोस सुधार ल्याउन सरकारसँग माग गर्नुभयो । साथै, दुर्घटनामा ज्यान गुमाएका जोखे तिरुवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता चार जनाको शिघ्र खोजीका लागि उहाँले सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा सरकारमाथि प्रश्नको वर्षा: प्रधानमन्त्रीको सम्पत्तिदेखि कर्णाली दुर्घटनासम्म जवाफ माग, सभामुखद्वारा सरकारलाई निर्देशन

यातायात कार्यालय प्रमुखबाट सेवाग्राहीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक, मन्त्रालयले माग्यो विवरण

सम्बन्धित

संसद्मा सरकारमाथि प्रश्नको वर्षा: प्रधानमन्त्रीको सम्पत्तिदेखि कर्णाली दुर्घटनासम्म जवाफ माग, सभामुखद्वारा सरकारलाई निर्देशन

यातायात कार्यालय प्रमुखबाट सेवाग्राहीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक, मन्त्रालयले माग्यो विवरण

होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारको खाना बन्द, होटलबाट पनि हटाइयो; सयौं परिवार अन्योलमा

सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ?

नर्डिक खुसीबाट सिक्ने कुराहरू : किन नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्ड विश्वका सबैभन्दा सुखी देश बने?

कांग्रेस संस्थापनइतर समूहको बैठक आज, १५औँ महाधिवेशनको रणनीति र राष्ट्रिय भेलाको मिति तय हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu