ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एडीबीसँग साढे १६ करोड डलर ऋण सम्झौता


एबीसी न्यूज
२२ असार २०८३, सोमबार   ८ : ५०   बजे

काठमाडौं २२ असार । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच दुईवटा छुट्टाछुट्टै आयोजनाका लागि कुल १६ करोड ५० लाख (१६५ मिलियन) अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल राष्ट्र बैंकको असार २२ गतेको विनिमयदर अनुसार उक्त सम्झौताको अमेरिकी डलर बराबर करिब २५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ । अर्थ मन्त्रालयमा सोमबार (असार २२) उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा। घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कोश्वाले हस्ताक्षर गरे ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा उक्त सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपालको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण परिचालन गरिनेछ । यो रकम स्थानीय तहमा खानेपानी आपूर्ति र ढल व्यवस्थापनका लागि आवश्यक एकीकृत पूर्वाधार निर्माणमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, लजिस्टिक्स तथा भन्सार सुधारको दोस्रो सम्झौताअन्तर्गत ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग लजिस्टिक्स सुधार कार्यक्रम– सबप्रोग्राम २’ का लागि ५० मिलियन अमेरिकी डलर प्राप्त हुनेछ । यो सहयोग नेपालले भन्सार कार्यप्रक्रिया र लजिष्टिक्स सेवाको आधुनिकीकरणमा गरेको सुधारबापत बजेटरी सहायताका रूपमा प्राप्त गरेको हो ।

हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकले पुर्‍याउँदै आएको सहयोगको उच्च मूल्यांकन गरे । उनले आगामी दिनमा यो साझेदारी अझ बलियो र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी, एडीबीका अध्यक्ष मासातो कान्डाले नेपाल र बैंकबीचको ६ दशक लामो सहकार्यलाई स्मरण गर्दै नेपालका विद्यमान आन्तरिक र बाह्य आर्थिक चुनौतीहरूको सामना गर्न बैंक सँधै सहयोगी रहने प्रतिबद्धता जनाए ।

उनले नेपालका विकासका प्राथमिकता र बैंकका प्राथमिकताहरू एकै ठाउँमा रहेको उल्लेख गर्दै सहकार्यलाई थप प्रभावकारी बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

भैँसेपाटी आगजनीपछि घरबाट सुन लगेका जुत्ता सिलाउने व्यक्ति पक्राउ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu