ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा नाटो शिखर सम्मेलनमा संयुक्त ड्रोन उत्पादनको प्रश्ताव


abc tv news
२४ असार २०८३, बुधबार   ९ : ०५   बजे

काठमाडौं २४ असार । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टर्कीको राजधानी अंकारामा आयोजित नाटो शिखर सम्मेलनका क्रममा साझेदार राष्ट्रहरूसँग उन्नत ड्रोनहरूको संयुक्त उत्पादनका लागि आह्वान गर्नुभएको छ । नाटो शिखर सम्मेलन रक्षा उद्योग फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले ड्रोन डिल इनिसिएटिभको प्रश्ताव अघि सार्नुभएको हो । यस पहलको उद्देश्य ड्रोन खरिदमा मात्र सीमित नभई संयुक्त उत्पादन, महत्वपूर्ण पूर्वाधारको सुरक्षाका उपायहरूमा द्रुत पहुँच, हवाई प्रतिरक्षा र सुरक्षा सहकार्यलाई सुदृढ बनाउनु रहेको उनले स्पष्ट पार्नुभयो । हवाई सुरक्षाको वृहत्तर आवश्यकताका बारेमा चर्चा गर्दै जेलेन्स्कीले पेट्रियट क्षेप्यास्त्र प्रणालीको उत्पादन इजाजतपत्र (लाइसेन्स) का सम्बन्धमा अमेरिकी साझेदारहरूसँग छलफल भइरहेको जानकारी दिनुभयो । यसका साथै उहाँले युरोपेली राष्ट्रहरूलाई आफ्नै स्वायत्त रक्षा उत्पादन क्षमताको विकासलाई प्राथमिकता दिन समेत आग्रह गर्नुभयो । उहाँले आफ्नो प्रशासनका लागि सुदृढ हवाई रक्षा प्रणाली सुनिश्चित गर्नु नै सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्नुभयो । सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले युरोपले ब्यालिस्टिक विरोधी प्रणाली र आवश्यक क्षेप्यास्त्रहरू उत्पादन गर्न आफ्नै क्षमता विकास गर्नु अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

होर्मुजबाट सुरु भयो नयाँ टकराव, अमेरिकाको हवाई हमलाले मध्यपूर्व फेरि अशान्त

ठोरी छोटी भन्सार पुनः सुचारु, भारतीय चारपांग्रे सवारीलाई निःशुल्क प्रवेश पास

सम्बन्धित

चीनको हुबेईमा भीषण आँधीबेहरीः ११ जनाको मृत्यु, एक बेपत्ता

होर्मुजबाट सुरु भयो नयाँ टकराव, अमेरिकाको हवाई हमलाले मध्यपूर्व फेरि अशान्त

फ्रान्सेली राष्ट्रपति म्याक्रोँको सिरिया भ्रमणका क्रममा दमास्कसमा विस्फोट, १८ जना घाइते

रक्षा उत्पादन र सैन्य क्षमता विस्तारको लक्ष्यसहित अंकारामा नेटो शिखर सम्मेलन शुरु

हर्मुज जलडमरूमध्यमा तनाव चुलियो : अमेरिकी हवाई आक्रमणपछि इरानको कडा चेतावनी

नाटोको पर्दापछाडि : युरोप आफैंभित्रबाट विखण्डित हुँदैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu