ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होर्मुजबाट सुरु भयो नयाँ टकराव, अमेरिकाको हवाई हमलाले मध्यपूर्व फेरि अशान्त


एबीसी न्यूज
२४ असार २०८३, बुधबार   १० : ४९   बजे

काठमाडौं २४ असार । होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि अमेरिका र इरानबीचको तनाव पुनः चुलिएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालन भइरहेका जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो। अमेरिकी पक्षले हवाई रक्षा प्रणाली, कमान्ड तथा नियन्त्रण केन्द्र, तटीय राडार, एन्टी–सिप क्षेप्यास्त्र प्रणाली र आईआरजीसीका दर्जनौँ साना डुङ्गालाई निशाना बनाइएको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानका केश्म टापु, बन्दर अब्बास, खार्ग टापु र सिरिक बन्दरगाह क्षेत्रमा विस्फोट भएको तथा केही नागरिक घाइते भएको दाबी गरेका छन्, यद्यपि मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानले मार्सल आइल्यान्ड, साउदी अरब र लाइबेरियाको झन्डा बोकेका तीनवटा व्यावसायिक तेलवाहक जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ भने इरानले त्यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। अमेरिकी कारबाहीलाई इरानले ‘खुला अतिक्रमण’ भन्दै कडा निन्दा गरेको छ र ‘विनाशकारी जवाफ’ दिने चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले धम्की र सैन्य दबाबको वातावरणमा अमेरिकासँग कुनै वार्ता नहुने अडान दोहोर्याएका छन् भने उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी कदमलाई दुई देशबीचको सम्झौताको उल्लङ्घन भएको बताएका छन्। तनावका बीच अमेरिकाले इरानी तेल निर्यातमा दिइएको अस्थायी छुट पनि फिर्ता लिएको छ, जसको प्रभावस्वरूप अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २.७ प्रतिशतले बढेर प्रतिव्यारेल ७२.४० अमेरिकी डलर पुगेको रोयटर्सले जनाएको छ। आक्रमणपछि बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ भने कतारले होर्मुज क्षेत्रमा भएको जहाजमाथिको आक्रमणको निन्दा गर्दै इरानलाई जिम्मेवार ठहराएको छ। सुरक्षा विश्लेषकहरूले पछिल्लो घटनाक्रमले मध्यपूर्वलाई पुनः व्यापक द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu