ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्षा उत्पादन र सैन्य क्षमता विस्तारको लक्ष्यसहित अंकारामा नेटो शिखर सम्मेलन शुरु


एबीसी न्यूज
२४ असार २०८३, बुधबार   ९ : १४   बजे

काठमाडौं २४ असार । नेटो (उत्तर एटलान्टिक सन्धि सङ्गठन) सदस्य राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलन मङ्गलवार टर्किए (टर्की) को राजधानी अंकारामा शुरु भएको छ । सम्मेलनको पहिलो दिन डिफेन्स इन्डस्ट्री फोरम आयोजना गरियो, जहाँ हतियार उत्पादन र खरिद प्रक्रियालाई तिब्रता दिने उद्देश्यका साथ विभिन्न रक्षा पहलहरू सार्वजनिक गरिएको छ । नेटो शिखर सम्मेलनको इतिहासमा पहिलो पटक समावेश गरिएको यस फोरममा नेटोका वरिष्ठ अधिकारीहरू र प्रमुख पश्चिमा रक्षा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा सदस्य राष्ट्रहरूबीच सैन्य आपूर्ति श्रृङ्खलालाई एकीकृत गर्ने विषयमा घनिभूत छलफल भएको छ । सम्मेलनका क्रममा नेटोका महासचिव मार्क रुटले ड्रोन एज इनिसिएटिभको घोषणा गर्नुभयो ।  यस पहल अन्तर्गत सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षमा ड्रोन विरोधी क्षमता सुदृढीकरणका लागि ४० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महासचिव रुटले निजी रक्षा कम्पनीहरूलाई नेटोका ठेक्काहरूमा सहज पहुँच दिलाउन ’फ्रन्ट डोर’ नामक नयाँ प्लेटफर्मको पनि अनावरण गर्नुभयो । साथै, २.८ अर्ब डलरको औद्योगिक सहयोग पहल अन्तर्गत लकहिड मार्टिनजस्ता अमेरिकी रक्षा कम्पनीहरूले युरोपेली फर्महरूसँगको साझेदारीमा एब्राम्स ट्याङ्क र एटाकाएमएस मिसाइलजस्ता अमेरिकी हतियारहरू युरोपमै उत्पादन गर्ने योजना अघि सारिएको छ । सैन्य परिचालन र लजिस्टिक क्षमता विस्तार गर्ने प्रयास स्वरूप टर्किए लगायतका धेरै सहयोगी राष्ट्रहरूले नेटोको रणनीतिक यातायात र हवाई इन्धन भर्ने विमानहरूको सङ्ख्या बढाउन नयाँ संयुक्त खरिद पहल शुरु गरेका छन् । यसैबीच, टर्किएले नेटोको अन्तरिक्ष क्षमतामा सहयोग पु¥याउन स्वदेशमै निर्मित दुईवटा अवलोकन उपग्रह (स्याटेलाइट) उपलब्ध गराउने घोषणा गरेको छ । महासचिव रुटले सन् २०३५ सम्ममा रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत पु¥याउन सदस्य राष्ट्रहरूलाई दबाब दिइरहनुभएको छ । वासिङ्टनले युरोपेली राष्ट्रहरूलाई रक्षाको क्षेत्रमा बढी जिम्मेवारी वहन गर्न आग्रह गरेसँगै नेटोको सैन्यीकरणमा तीव्रता आएको हो । 
नेटोको यस विस्तारवादी सैन्य नीतिको आयोजक राष्ट्र टर्किएमा चर्को विरोध भएको छ । मङ्गलवार अंकारामा विद्यार्थी, समाजवादी समूह र सांसदहरूले रक्षा बजेट वृद्धिको विरोधमा प्रदर्शन गरेका थिए । यसैगरी, गत साताको अन्त्यमा इस्तानबुल, अंकारा र इज्मिरमा हजारौँ प्रदर्शनकारीहरूले जनकल्याणकारी कार्यभन्दा सैन्य खर्चलाई प्राथमिकता दिएको भन्दै नेटोविरुद्ध सडक आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu