ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ३५   बजे

सिड्नी । अस्ट्रेलियामा जुलाई महिनामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले सार्वजनिक गरेको तथ्यांकअनुसार बेरोजगारी दर अर्थशास्त्रीहरूले गरेको ४.४ प्रतिशतको अनुमानभन्दा बढी पुगेको हो।

जुनदेखि जुलाईसम्म अस्ट्रेलियामा रोजगारीमा रहेका व्यक्तिको संख्या १५ हजार ८०० ले घटेको छ भने बेरोजगारको संख्या ४ हजार २०० ले बढेको एबीएसले जनाएको छ। पछिल्लो तथ्यांकले अस्ट्रेलियाको श्रम बजारमा केही दबाब बढेको संकेत गरेको छ।

एबीएसका श्रम तथ्यांक प्रमुख सिन क्रिकका अनुसार जुलाईमा पुरुषको रोजगारी ११ हजार र महिलाको रोजगारी पाँच हजारले घटेको थियो। यद्यपि, महिलाको पूर्णकालीन रोजगारी १७ हजारले बढेको छ भने आंशिक समयको रोजगारी २२ हजारले घटेको उनले बताए।

सन् २०२१ यताकै उच्च बेरोजगारी

जुलाईमा कायम भएको ४.५ प्रतिशत बेरोजगारी दर सन् २०२१ को नोभेम्बरपछि कै उच्च हो।

यस अवधिमा अस्ट्रेलियामा कामदारले गरेको कुल कामको समय ०.६ प्रतिशतले घटेर एक अर्ब ९९ करोड घण्टामा सीमित भएको एबीएसले जनाएको छ।

त्यस्तै, श्रमशक्ति सहभागिता दर पनि जुन महिनाको ६७ प्रतिशतबाट घटेर जुलाईमा ६६.९ प्रतिशतमा झरेको छ।

एबीएसका अनुसार महिला रोजगारीमा आंशिक र पूर्णकालीन कामबीच फरक प्रवृत्ति देखिएको छ। आंशिक समयको रोजगारी घटे पनि पूर्णकालीन रोजगारी बढेकाले श्रम बजारको समग्र अवस्था मूल्यांकन गर्दा दुवै पक्षलाई हेर्नुपर्ने क्रिकले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ट्रम्पले वर्षको अन्त्यतिर किमसँग भेटवार्ता गर्ने संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu