ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले वर्षको अन्त्यतिर किमसँग भेटवार्ता गर्ने संकेत


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने बताएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँग प्रत्यक्ष संवाद गर्नु महत्वपूर्ण रहेको बताए पनि सम्भावित भेटको समय र स्थान भने खुलाएनन्।

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जाने क्रममा किमसँग भेटवार्ता गर्ने सम्भावना खोजिरहेका छन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेटवार्ता गरेका थिए। दुई नेताबीच अन्तिम भेट सन् २०१९ मा भएको थियो। ती उच्चस्तरीय भेटले विश्वको ध्यान खिचे पनि उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने विषयमा ठोस प्रगति हुन सकेको थिएन।

उत्तर कोरियाको आणविक क्षमताबारे फरक अनुमान

ट्रम्पले उत्तर कोरियासँग करिब ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको दाबी गरेका छन्। तर दक्षिण कोरियाका रक्षामन्त्री अहन ग्यु–बाकले प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार रहेको सियोलको अनुमान रहेको बताएका छन्।

अमेरिकाले उत्तर कोरियासँग आणविक हतियार रहेको स्वीकार गरे पनि उसलाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता दिएको छैन।

ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने बताउँदै उत्तर कोरियासँग भने आफ्नो सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै आएका छन्। दक्षिण कोरियाका रक्षामन्त्रीले भने अमेरिकाले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको लक्ष्यबाट पछि नहटेको बताएका छन्।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले पनि उत्तर कोरियासँग शान्ति स्थापना गर्ने ट्रम्पको प्रयासमा सहयोग गर्ने बताएका छन्।

किमकी बहिनीको फरक संकेत

यसैबीच, किमकी बहिनी किम यो जोङले आफ्ना भाइ र ट्रम्पबीच हाल कुनै कुराकानी भइरहेको जानकारी आफूलाई नभएको बताएकी छन्।

यद्यपि उनले किमसँग ट्रम्पप्रति अझै राम्रो सम्झना र भावना रहेको तथा दुई नेताबीचको सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गरेकी छन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सुरुमा किमलाई ‘रकेट म्यान’ भन्दै उत्तर कोरियाविरुद्ध ‘फायर एन्ड फ्युरी’को चेतावनी दिएका थिए। पछि भने दुई नेताबीच सम्बन्ध सुधार भएको बताएका थिए।

सैन्य अभ्यास र कूटनीतिक सम्भावना

किम यो जोङको भनाइ दक्षिण कोरिया र अमेरिकाले वार्षिक उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यास निर्धारित समयभन्दा करिब एक साताअघि सम्पन्न गर्ने घोषणा गरेपछि आएको हो।

पेन्टागनले अभ्यासको अवधि घटाइए पनि सैन्य प्रशिक्षणका उद्देश्यमा कमी नआउने बताएको छ। उत्तर कोरियाले भने यस्ता संयुक्त सैन्य अभ्यासलाई सम्भावित आक्रमणको तयारी भन्दै लामो समयदेखि विरोध गर्दै आएको छ।

दक्षिण कोरियामा अमेरिकाले करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको अवस्थामा ट्रम्पको किमसँग पुनः भेटवार्ता गर्ने संकेत र सैन्य अभ्याससम्बन्धी पछिल्ला कदमलाई अमेरिका–उत्तर कोरिया सम्बन्धमा नयाँ कूटनीतिक पहलको सम्भावित संकेतका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्थानीय तहले बनाएको कार्यविधिको संवैधानिकता संवैधानिक इजलासमा परीक्षण नहुने सर्वोच्च अदालतले ठहर

सबै जीवित पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

सम्बन्धित

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

रुसका प्रमुख अर्थशास्त्री क्लेपाच बर्खास्त, युद्धका कारण आर्थिक संकट बढ्ने चेतावनी दिएको दाबी

मध्य अफ्रिकी गणतन्त्रमा सुन खानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद्को संरचना सुधार्न माग गर्दै भन्यो– ग्लोबल साउथको प्रतिनिधित्व बढाऊ

अमेरिकी राष्ट्रिय ऋण पहिलो पटक ४०० खर्ब डलर नाघ्यो

राजकुमार ह्यारी र मेघन दुई सन्तानसहित बेलायत फर्किँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu