ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रिय ऋण पहिलो पटक ४०० खर्ब डलर नाघ्यो


ABC NEWS
४ भदौ २०८३, बिहिबार   २ : ४५   बजे

वासिङ्टन, भदौ ४ गते । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलो पटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार मङ्गलबार कारोबार समाप्त हुँदा सङ्घीय सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो।

बढ्दो सरकारी खर्च, ऋणको ब्याज तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कीर्तिमानमा पुगेको बताइएको छ। कङ्ग्रेसनल बजेट कार्यालयले आर्थिक वर्ष २०२६ को अन्त्यसम्म कुल ऋण ३९४ खर्ब डलर पुग्ने अनुमान गरेको थियो। तर अनुमानभन्दा अगावै ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो।

ऋण तीव्र गतिमा बढेसँगै मुद्रास्फीति, सरकारी खर्च र बढ्दो ब्याज लागतप्रति लगानीकर्ताको चिन्ता पनि बढेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को निर्वाचन अभियानका क्रममा सरकारी खर्च घटाउने प्रतिबद्धता जनाए पनि सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, ऋणको ब्याज तथा रक्षा खर्च उच्च रहेकाले सरकारी ऋण घट्न सकेको छैन।

मध्यपूर्वमा जारी युद्धले समेत अमेरिकी सरकारमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ। युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको र करिब तीन खर्ब ७५ अर्ब डलर सैन्य खर्च भइसकेको जनाइएको छ।

यसैबीच, अमेरिकी प्रतिनिधिसभाले जुलाईमा पेन्टागनका लागि ११ खर्ब ५० अर्ब डलरसम्मको रक्षा बजेट व्यवस्था गर्न सकिने वार्षिक रक्षा नीति विधेयक पारित गरेको थियो। सरकारी खर्च घटाउने उद्देश्यले ट्रम्प प्रशासनले गठन गरेको सरकारी दक्षता विभागले दुई खर्ब १५ अर्ब डलर खर्च कटौती गरेको दाबी गरे पनि स्वतन्त्र पर्यवेक्षकहरूले उक्त तथ्याङ्कमाथि प्रश्न उठाएका छन्।

बढ्दो ऋणप्रति सांसदको चिन्ता

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघेपछि दुवै प्रमुख राजनीतिक दलका सांसदले सरकारको बढ्दो खर्चप्रति चिन्ता व्यक्त गरेका छन्।

रिपब्लिकन सिनेटर रिक स्कटले खर्च नियन्त्रण गर्दै बजेट सन्तुलित बनाउन कङ्ग्रेसलाई आग्रह गरेका छन्। डेमोक्रेटिक सांसदहरूले पनि ट्रम्प प्रशासनको आर्थिक नीतिको आलोचना गरेका छन्।

बढ्दो ऋण र युद्ध खर्चका कारण दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलसमेत बढेको छ। १० वर्षभन्दा लामो अवधिका ट्रेजरी बन्डको प्रतिफल मङ्गलबार सन् २००७ यताकै उच्च तहमा पुगेको थियो।

यसले अमेरिकी सरकारले विगतको तुलनामा महँगो ब्याजदरमा ऋण पुनर्वित्त गर्नुपर्ने जोखिम बढाएको छ। ब्रुकिङ्स इन्स्टिच्युसनकी बजेट तथा कर विज्ञ जेसिका रिडलका अनुसार अमेरिकी सरकार आर्थिक समृद्धिको अवस्थामा समेत केही वर्षयता वार्षिक करिब २० खर्ब डलर घाटामा रहेको छ।

उनका अनुसार कुल गार्हस्थ्य उत्पादनको तीनदेखि चार प्रतिशत आसपास रहेको बजेट घाटा अहिले ६ देखि ७ प्रतिशतको नजिक पुगेको छ। यसले वित्तीय बजारमा थप चिन्ता बढाएको उनको भनाइ छ।

आर्थिक वृद्धिमा दबाब पर्न सक्ने

विश्लेषकहरूका अनुसार ४०० खर्ब डलरको ऋण आफैँमा तत्काल आर्थिक सङ्कटको निश्चित संकेत भने होइन। तर यो वित्तीय बजारका लागि महत्वपूर्ण मनोवैज्ञानिक सीमा भएको उनीहरूको भनाइ छ।

अत्यधिक ऋणका कारण भविष्यमा अमेरिकी सरकारसँगै उपभोक्ता र व्यवसायका लागि समेत ऋणको लागत बढ्न सक्ने तथा आर्थिक वृद्धिमा दबाब पर्न सक्ने जोखिम रहेको विश्लेषकहरूले बताएका छन्।

अमेरिकी अर्थ मन्त्रालयले सङ्घीय बजेट घाटालाई कुल गार्हस्थ्य उत्पादनको करिब ३ प्रतिशतमा झार्ने लक्ष्य अघि सारेको छ। तर बढ्दो रक्षा खर्च, सामाजिक दायित्व र ऋणको ब्याज भुक्तानीका कारण उक्त लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट भए : गगन थापा

नेपालमा १० वर्षमा सर्पदंशबाट ३०१ जनाको मृत्यु, मनसुनमा जोखिम झन् उच्च

सम्बन्धित

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ट्रम्पले वर्षको अन्त्यतिर किमसँग भेटवार्ता गर्ने संकेत

रुसका प्रमुख अर्थशास्त्री क्लेपाच बर्खास्त, युद्धका कारण आर्थिक संकट बढ्ने चेतावनी दिएको दाबी

मध्य अफ्रिकी गणतन्त्रमा सुन खानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद्को संरचना सुधार्न माग गर्दै भन्यो– ग्लोबल साउथको प्रतिनिधित्व बढाऊ

राजकुमार ह्यारी र मेघन दुई सन्तानसहित बेलायत फर्किँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu