ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

किभ । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले गएराति गरेको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन्।

युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस)का अनुसार आक्रमणमा भवन तथा गोदामहरूलाई निशाना बनाइएको थियो। आक्रमणपछि भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ। उद्धारकर्मीहरूले एक जनालाई जीवितै उद्धार गरेका छन्।

किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणमा बाल अस्पतालसमेत क्षतिग्रस्त भएको छ। अस्पतालका झ्यालहरू फुटेका छन् भने आसपासमा रहेका केही सवारीसाधनमा आगलागी भएको छ।

विभिन्न क्षेत्रमा क्षति

मेयर क्लिट्स्कोका अनुसार दक्षिणपश्चिमी किभको सोलोमियान्स्की जिल्लास्थित औद्योगिक क्षेत्रलाई पनि मिसाइलले निशाना बनाएको छ।

यस्तै, किभ क्षेत्रको ब्रोभरी जिल्लामा भएको छुट्टै आक्रमणमा एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर टिमुर ताकाचेन्कोले जानकारी दिएका छन्।

आक्रमणअघि क्षेत्रीय प्रशासनले स्थानीयवासीलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको थियो। रातभर किभसहित आसपासका क्षेत्रमा क्षेप्यास्त्र आक्रमणको चेतावनी जारी गरिएको थियो।

यसैबीच, युक्रेनमा रुसी आक्रमण जारी रहेकै बेला पोल्यान्डको सेनाले पनि सावधानीस्वरूप सैन्य हवाई कारबाही सुरु गर्ने घोषणा गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्थानीय तहले बनाएको कार्यविधिको संवैधानिकता संवैधानिक इजलासमा परीक्षण नहुने सर्वोच्च अदालतले ठहर

सबै जीवित पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

सम्बन्धित

ट्रम्पले वर्षको अन्त्यतिर किमसँग भेटवार्ता गर्ने संकेत

रुसका प्रमुख अर्थशास्त्री क्लेपाच बर्खास्त, युद्धका कारण आर्थिक संकट बढ्ने चेतावनी दिएको दाबी

मध्य अफ्रिकी गणतन्त्रमा सुन खानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद्को संरचना सुधार्न माग गर्दै भन्यो– ग्लोबल साउथको प्रतिनिधित्व बढाऊ

अमेरिकी राष्ट्रिय ऋण पहिलो पटक ४०० खर्ब डलर नाघ्यो

राजकुमार ह्यारी र मेघन दुई सन्तानसहित बेलायत फर्किँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu